४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रकम अपचलन गर्नेहरुले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्छ: आरजु राणा



अ+ अ-

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार समितिको बैठकमा बोल्दै सभापति राणाले सहकारी पीडितहरुको समस्या राज्यले समाधान गर्नुपर्ने कुराहरु बाहिर आइरहेको भन्दै राज्यले नभएर सहकारीमार्फत पीडितहरुको रकम अपचलन गर्नेहरुले गर्नुपर्ने बताउनुभएको हो । उहाँले राज्यले सबै पीडितहरुको समस्या समाधान गर्न नसक्ने भन्दै ठगी गर्नेहरुबाट रकम फिर्ता गराएर समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले सहकारी ठगी गर्ने समूहलाई सहकारीका वचत कर्ताको रकम फिर्ता गर्न लगाउने तर फिर्ता नगरे कानून बजोमाजिम कारबाही गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सहकारी पीडितको समस्या समाधान राज्यले गर्छ भनेर बस्न नहुने उल्लेख गर्नुभयो ।

उहाँले सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री तहबाट नैसहकारी समस्या समाधानको उपाय निकल्न सक्ने अवस्था रहेको बताउनु भयो । उहाँले सहकारी ठगी र वचतकर्ताको रकम अपचलन वचतकर्ताहरुको जीवनसँग जोडिएकाले सरकारले गम्भिर भएर दोषीलाई कानून बमोजिम कारबाही गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ स्थानीय तह,प्रदेश र संघमा सहकारीलाई वर्गिकरण गरिएको छ । तर त्यो वर्गिकरण गर्दा पनि बैंक र सहकारीलाई एकै किसिमले हेर्न गरिएको छ । बैंक र सहकारी फरक हुन । नेपालमा बैंक स्थापना गर्न धेरै गाह्रो छ तर सहकारी स्थापना गर्न भनेको चोर बाटो हो सजिलोसँग पैसा जम्मा गर्ने र पैसा सहज रुपमा प्रयोग गर्ने । यो सहकारीको मूल्य मान्यता र सिद्धान्त विपरित छ । त्यसलाई नियमको दायरामा ल्याउनुपर्छ । २०७४ सालको सहकारी ऐनले वचत तथा ऋणको कारोबार पाउने गरी ऐन आएको छ ।

त्यो भन्दा अगाडि राष्ट्र बैंकको अनुमति लिनुपर्ने व्यवस्था हटेपछि अहिले सहकारीमा भएका ठगीहरु त्यही कानूनलाई सच्याउन सकिन्छ । पछिल्लो समय हेरक दिन सहकारीको रकम घोटला लगायतका समाचारहरु सुनिन्छ । सहकारी समस्याको समाधान सरकारले दिने होइन । सरकारले के–के लाई समाधान दिन्छ । जसले ठगेको छ । त्यही समूहले सहकारी वचतकर्ताको रकम फिर्ता गर्नुपर्छ । सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्नुपर्छ । त्यहाँबाट नै सहकारी समस्या समाधानको उपाय निकाल्न सक्छन् । सहकारी ठगी र रकम हिनामिना मानिसहरुको जीवनसँग जोडिएको छ ।’

उहाँले स्थानीय तह,प्रदेश र संघमा सहकारीलाई वर्गिकरण गरेको भए बैंक र सहकारीलाई एकै किसिमले हेर्ने गरिएको बताउनु भयो । उहाँले नेपालमा बैंक स्थापना गर्न अफ्ठ्यारो तर सहकारी स्थापना गर्नु भनेको चोर बाटो भन्ने बुझाईले धेरै सहकारी दर्ता गरी सजिलै पैसा राख्ने र झिक्न सकिने भएको बताउनु भयो । उहाँले जुन सहकारीको मूल्य मान्यता र सिद्धान्त विपरित रहेको बताउनु भयो । उहाँले २०७४ सालको सहकारी ऐनले वचत तथा ऋणको कारोबार पाउने गरी आएको ऐनलाई टेकेर सहकारीमा भएका ठगीहरु रोक्न कानूनलाई सच्याउन आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल