१८ भाद्र २०८३, बिहीबार
,
Latest
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालबाट ६ महिनामा साढे १ अर्बको ‘डग च्यू’ निर्यात



अ+ अ-

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा नेपालले १ अर्ब ४१ करोड २९ लाख रुपैयाँको कुकुरको आहारा ‘डग च्यू’ निर्यात गरेको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ को साउन देखि पसु मसान्तसम्ममा नेपालले २२ राष्ट्रहरुमा १ अर्ब ४१ करोड २९ लाख २६ हजार ‘डग च्यू’ निर्यात गरेको भन्सार विभागले जनाएको छ ।

‘डग च्यू’ चौरी गाई तथा गाईको दुधबाट बनाइने छुर्पीको प्रकार हो । जसको प्रयोग पश्चिमा मुलुकहरुमा कुकुर तथा बिरालोको आहारकारुपमा गरिन्छ । नेपालले अमेरिका, क्यानडा, बेलायत, जापान, हंकङ, ताईवान, सिंगापुर, नेदरल्याण्ड्स, ग्रिस, मलेसिया, दुबई, थाइल्याण्ड, फिलिपन्स, चाईना, फ्रान्स, न्युजल्याण्ड, कतार र इटाली लगायत २२ राष्ट्रहरुमा ‘डग च्यू’ पठाउने गरेको छ ।

विभागको तथ्यांकअनुसार  चालू आर्थिक वर्ष २०८०/८१ को पुस महिनासम्म आइपुग्दा नेपालले ७ लाख ९ हजार केजी ‘डग च्यू’ को निर्यात गरि १ अर्ब ४१ करोड २९ लाख २६ हजार रुपैयाँ भित्र्याएको छ ।