२१ असार २०८३, आईतवार
,
Latest
सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरीले छाती र घुडा ढाकेर हिँड्नुपर्छ, कति आत्तिनु हुन्छ हो पुरुष दाजुभाईहरु ?



अ+ अ-

मलाई जब स्कूल पठाउन शुरु गरिएको थियो त्यस बखत आजको जस्तो वातावरण थिएन र आज जो मुस्लिम समुदायका सरपरस्त (अभिभावक) बनेका छन् शायद तिनलाई त्यो परिवेश थाहा पनि थिएन होला किन भने विद्यालयको वातावरण निकै सौहार्द थियो ।

हामी सबै समुदायका बालबालिका एकै किसिमको स्कर्ट र सर्ट र केटाहरु हाफ (गर्मी मा) पाइन्ट वा पाइन्ट लगाएर जाने गर्दथ्यौं । कुनै अभिभावकले विद्यालयमा आई छोरी स्कर्ट भन्दा सुरुवाल कुर्ता लगाएर पठाउँछौ भनि भनेको सम्झना नै छैन । 

बांके (नेपालगंज) मा छोरी मात्रै पढाउनको लागि सरस्वती विद्यालय थियो । जहां न्यून मात्रामा मुस्लिम समुदायका बच्चीहरुलाई पठाइन्थ्यो । मलाई त्यहीको केटा केटी दुवै पढ्ने विद्यालय पढ्न पठाइयो । 

मुस्लिम समुदायमा छोरीलाई विद्यालय पठाउने चलन नै थिएन । किनकी छोरी पढिन् भने सक्षम बन्ने छिन् भन्ने ठूलो डर थियो र समुदायमा छोरी बिग्रिन्छिन् भन्ने भय र डर देखाइएको थियो । त्यसै कारणले छोरी पढाउने चलन थिएन । छोरा पढ्यो भने बाबु आमा स्याहार्छ, छोरी अर्काको घर जाने जात हो किन खर्च गर्ने, छोरी माथि “छोरी घर की निःशुल्क घरेलु कामदार थिईन” । 

छोरी माथि पनि छोरा सरह लगानी गरेको भए शायद आज यो समुदायको आर्थिक सामाजिक परिवेश अर्कै हुने थियो । तर खुशी के मान्नु पर्छ भने विस्तारै परिवेश फेरिदै गयो र अन्य समुदाय सरह छोरीलाई पनि पढाउने चलन मुस्लिम समुदायमा पनि वृद्धि भयो । र शुरु भयो नयाँ षडयन्त्र लुगालाई लिएर र यो विशुद्ध पुरुषको सोच लाद्ने क्रमको रुपमा जारी छ । 

कपडालाई लिएर मुस्लिम समुदायमा संकीर्णता थियो नै र छ पनि आफूलाई सहज लाग्ने वा जे लगाउँदा आफूमा आत्मविश्वास जाग्दछ त्यो लगाउन छुट छैन । लादिएको सोचका कारण निरन्तर बहसमा छ मुस्लिम महिलाको पोशाक यो नेपालमा मात्रै होईन विश्वमा नै यसरी चलिरहेको छ । 

“छोरीले छाती र घुँडा ढाकेर हिन्नु पर्छ” । कति आत्तिनु हुन्छ हो पुरुष दाजु भाइहरु ? बहसका विषय विश्वमा र देश भित्र अरू पनि छन् । कसरी अधिक भन्दा अधिक राजनीतिक, सामुदायिक नेता बनाउन सकिन्छ, कसरी डाक्टर ईन्जिनीयर वा कानून व्यवसायी, शिक्षक बनाउन सकिन्छ ?

कसरी हिंसामुक्त समाज बनाउन सकिन्छ ? छोरीलाई आफ्नो तरीकाले बांच्न दिनुस् । सक्षमता र आत्मविश्वासको सास फेर्न दिनुस् । कहिलेसम्म लादिएका सोचमा बांच्ने छिन् हाम्रा छोरीहरु?

 (लेखक अन्सारी मानव अधिकार आयोगका पूर्वसदस्य हुनुहुन्छ)




भर्खरै