२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा

विदेशबाट फर्केका युवाहरु व्यावसायिक केराखेतीमा

विदेशबाट फर्केका युवाहरु व्यावसायिक केराखेतीमा
अ अ+ अ-

मोरङ । मोरङका युवा व्यावसायिक केराखेतीमा जुटेका छन् । विदेशमा १० नङ्ग्रा खियाउनका सट्टामा स्वदेशी माटोमै काम गर्ने उद्देश्यले व्यावसायिक केराखेती लगाउन अभियान सञ्चालन गरेका छन् ।
    
वैदेशिक रोजगारीका लागि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत तथा मलेशियालगायतका  पुगेका मोरङका १०  युवाले कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा ८५ बिघा जग्गामा मालभोग जातको केराखेती लगाएका छन् ।
    
उक्त केरा खेतीबाट वार्षिकरुपमा प्रतिबिघा रु तीन लाखसम्म आम्दानी गर्ने लक्ष्यका साथ कार्य गरिरहेको सोम केराखेती कृषि फार्मका धनी सोमनाथ चपागाईले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा तीन वर्षदेखि पाँच वर्षसम्म काम गरी स्वदेश फर्केका यी युवा व्यावसायिक केराखेती गरेर केही गर्ने सोचमा देखिएका छन् । तातो घाममा काम गर्नुभन्दा स्वदेशकै अनुकूल हावापानी र वातावरण काम गर्नु नै उचित ठानेका यी युवा कृषि क्षेत्रमा लागेका हुन् ।
     
परनिर्भरता हटाउने, व्यापार घाटा कम गराउने र स्थानीयस्तरमा रोजगार पनि सिर्जना गर्न सकिने भएकाले यसमा यी युवा आकर्षित भएका हुन् । अनेक सम्भावना रहेको हाम्रो मुलुकमा जाँगर नभएपछि विदेशिने गरेको र विदेशमा दुःख पाएपछि स्वदेशमै केही गर्न हिम्मत गर्नु सकारात्मक पक्ष रहेको कृषि निर्देशनालय विराटनगरका प्रमुख प्रकाश डाँगीले बताउनुभयो । उहाँले भन्नुभयो “यो पेशामा शिक्षित युवाको सहभागी हुने निकै सुखद पक्ष हो । यसले गर्दा देशमा आवश्यकतापर्ने वस्तुहरुको अभाव टर्छ ।”  

‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको घोषणालाई अब युवाकै काँधमा रहेको टिप्पनी गर्दै प्रमुख डाँगी भन्नुहुन्छ, “पछिल्लो समयमा कृषिमा युवाको आकर्षण बढ्नु राम्रो हो ।” केरा खेतीबाट केही नभए पनि वार्षिक प्रतिबिघा रु तीन लाख आम्दानी गर्न सकिने युवा कृषक सोमनाथ  चापागार्इंले जानकारी दिनुभयो ।
    
सुन्दर हरैँचा नगरपालिका निवासी उहाँ मोरङकै कानेपाखरीमा वार्षिक रु ५० हजार तिर्ने गरी लगाइएको केराखेतीमा ३० जना युवाले रोजगारी पाएका छन् । केरामा सबैको सजिलै पहुँच छ, तर उत्पादनमा कमजोर रहेको हाम्रो मुलुकमा केरा खासगरी भारतबाट आयात हुने गरेको छ । पछिल्लो समयमा केरा खाने उपभोक्ता बढेपछि यसको आपूर्तिमा मोरङ ,कैलाली, नवलपरासी र सुनसरी जिल्ला अघि सरेको छ । मोरङको होक्लाबारीमा लालुमाया कृषि फार्म, प्रगति कृषि फार्म, सोम केराखेती कृषि फार्म, अम्बरमणि कृषि फार्ममार्फत व्यावसायिक केराखेती शुरु भएको छ ।
    
सोम केराखेती कृषि फार्मका धनी चपागाईले केराको बिरुवा प्रदेश नं २ को निजगढबाट ल्याएका हुन् । बिरुवा र रोप्नेसमेत गरी एक बोटमा रु ४२ खर्च भएको जानकारी दिँदै केरा रोपेको १८ महीनापछि उत्पादन दिन थाल्छ । एक बोटमा १२ दर्जनसम्म केरा फल्छ, बजारमा मालभोग केराको माग पनि रहेकाले बिक्री गर्न कुनै समस्या नभएको कृषक चपागाईको भनाइ छ ।
        
रोग नलागेका अवस्थामा एकपटक रोपेको बिरुबाले १२ वर्षसम्म उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । केराको घारी काटिसकेपछि सोही स्थानमा पुनःकेराको बोट उम्रिन्छ । यो नै केराखेतीको मूल विशेषता भएको कृषक चपागाईको भनाइ छ । केरा गर्मी हावापानीमा हुने बाली  भए पनि बढी आद्रतादेखि लिएर धेरै कम आद्रता भएको हावापानीमा पनि यसको खेती गरेको भेटिन्छ ।
    
कम तापक्रममा केराखेती फस्टाउँदैन । यसका लागि गर्मी चाहिन्छ । यसका लागि औषत तापक्रम २६ दशमलव सात डिग्री सेल्सियस तापक्रम र प्रतिमहीना १० मिली सिँचाइको आवश्यकतापर्ने पानी जम्ने ठाउँमा केराखेती हुँदैन कृषि प्राविधिक बताउँछन् ।
    
नेपालमा मालभोग, विलियम हाइब्रिड, चिनियाँ चम्पा, हरिछाल, रोवस्टा र डवार्फ क्याविन्डिज जातको खेती गरिँदै आएको पाइन्छ । नेपालमा हरियो केराको तुलनामा पहेंलो केराको बढी मूल्य पाइँने हुँदा पहेंलो केरामा मालभोग केरा नै कृषकले बढी रुचाएका छन् । 
    
“अर्का व्यवसायी हरिनारायण श्रेष्ठले राम्रो आम्दानी हुने यो खेती गर्दा बीमा पनि गरेको छु”, भन्नुभयो । कहीँ कुनै कारणले बाली नोक्सान भएमा बीमा कम्पनीले क्षति पनि व्यहोर्ने भएकाले जोखिम छ । 
    
उहाँले केरा खेतीका लागि रु तीनदेखि पाँच लाखसम्मको जोखिम व्यहोर्ने गरी प्रतिबिघा रु पाँच हजार २०० बीमा रकम भुक्तानी गरेको जानकारी दिनुभयो । उहाँले केराखेतीमा आवश्यकपर्ने मल नेपालमा उपलब्ध नहुने भएकाले भारतबाट मगाउने गरेको बताउनुभयो । यस खेतीका लागि आवश्यकपर्ने युरिया, डिएपी, स्ल्फेट, पोटास, क्याल्सियम, बोरेक्स र बोमप्लावर चाहेका बेलामा नेपालमा नपाउने भएकाले भारतबाट मगाउने गरेको जिकिर उहाँको छ ।
    
यसैगरी केरामा लाग्ने गवारो रोगबाट जोगाउनका लागि सुपर डि किटनाषक औषधि प्रयोग गर्ने गरिएको छ । रोग र किराबाट जोगाउन निकै चनाखो भएर गर्नुपर्ने यो खेतीमा लाग्नेले पछुताउनुपर्ने समस्या नरहेको कृषक चपागाईको भनाइ छ ।
    
सरकारले कृषिमा व्यवसायीकरण भनिए पनि हालसम्म सङ्घीय तथा प्रदेश सरकारबाट कुनै सहयोग नपाएको उहाँहरुको गुनासो छ । उत्पादित केराको बजारको कुनै समस्या नरहेको  बताइएको छ । 
    
केराको मुख्य बजार भनेको काठमाडाँैको बल्खु रहेको छ भने अन्यमा पोखराज, दाङ, विराटनगर, धरान, काँकरभिट्टा छन् । उहाँका अनुसार बजारमा केराको कोसाअनुसार रु तीनदेखि रु पाँचसम्ममा कमिशनका आधारमा थोक बिक्रेतालाई आफ्नो उपस्थितिमा बिक्री गर्ने गरेको जानकारी दिनुभयो ।
    
केराको बोटपिच्छै मललगायत औषधि छर्किनुपर्ने र समयसमयमा झारपातका गोडमेल आवश्यक रहेको छ । यसको राम्रो उत्पादनका लागि कात्तिकदेखि चैतसम्म १० देखि १२ पटक माटोको अवस्था हेरी सिँचाइ उपलब्ध गराउन बोरिङको व्यवस्था गरिएको अर्का व्यवसायी मणिराज तामाङले बताउनुभयो ।
    
उहाँका अनुसार खेती लगाएको स्थानमा आवश्यकतानुसार निःशुल्क पाकेको केरा उपलब्ध गराउने हुनाले चोरी हुने अवस्था नगण्य रहेको विचार व्यक्त गर्नुभयो । रोजगारी प्राप्त गरेका स्थानीय युवा नारायणबहादुर भण्डारीले बगानका कारण ग्रामीण क्षेत्रमा आर्थिकरुपमा केही वृद्धि भएको प्रतिक्रिया दिनुभयो ।
    
उहाँले विगतमा वैदेशिक रोजगारीका लागि अरब गए पनि स्वदेशमै रोजगारी उपलब्ध हुँदा परिवारसँग बस्न पाउँदा खुशी लागेको बताउनुभयो ।    भण्डारीले केराखेती सम्बन्धमा अनुभव हासिल गरी भविष्यमा यसको खेती गर्ने सोच रहेको धारणा व्यक्त गर्नुभयो ।
    
राम्रो सिँचाइको व्यवस्था भएको ठाउँमा जाडो महीनाबाहेक जुनसुकै समयमा पनि केरा रोप्न सकिन्छ । मलहरु केरा पसाउनुअघि दिनुपर्दछ ।    अग्ला केराको बोटलाई बाँस र अन्य काठबाट टेका दिएर बोट ढल्नबाट जोगाउनुपर्छ । केरा पकाउन सकिने फल भएकाले उच्च आम्दानीका लागि बजार मूल्य बुझेर ढिलो वा चाँडो बालीबाट नाफा लिन सकिन्छ । 
    
स्वास्थ्यको दृष्टिकोणले केरा उपयोगी फल हुनुका साथै यसमा भिटामिन ‘ए’, ‘वी’ र ‘सी’ जस्तो आवश्यक पोषिसो भिटामीन पर्दाथ पाइन्छ । दुब्लो पातलो मानिसले दुग्धमा खेरा खानाले छिट्टै तौल बढ्ने र हृष्टपुष्ट देखिने डा आबिद हुसेनले जानकारी दिनुभयो  ।