२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा

पोकापन्तरा उधिन्दै राणाकालीन कलापाठशालाको इतिहास सार्वजनिक

पोकापन्तरा उधिन्दै राणाकालीन कलापाठशालाको इतिहास सार्वजनिक
अ अ+ अ-

काठमाडौँ । नेपाली कला पुस्ताबाट दरपुस्ता हुँदै यहाँसम्म आएको हो । लिच्छवि र  मल्लकालमा त बाबुपछि छोराले पुस्तेनी कलाको वागडोर सम्हाल्ने गर्थे ।   खासगरी परिवारका पुरुष सदस्य कलामा संलग्न भए उनका भाइ, छोरा, नाति हुँदै सर्दै आएको हो । कतिले राजदरबारको संरक्षण पाए भने कतिले स्वतन्त्र रुपमा कला सिर्जना गर्दै रहे । अहिले नेपाली कला संस्थागत ढङ्गले नै अघि बढ्दै छ । कलाको प्रवद्र्धन गर्न विभिन्न आर्ट ग्यालरी तथा कलाको विकास एवं कलाकारको हितका लागि विभिन्न गैरसरकारी संस्था तथा कला प्रशिक्षणका लागि विद्यालय एवं कलेजहरु खुलेका छन् र हरेक महिना, हप्ताजसो कला गतिविधि भइरहेका छन् । 

राणाकालमा चित्रकला र मूर्तिकलामा संस्थागत प्रशिक्षणका लागि प्रधानमन्त्री जङ्गबहादुरले आर्ट स्कूल खोलेर युरोपेली यथार्थवादी कलाशैलीको शिक्षालाई संस्थागत गरे भने प्रधानमन्त्री भीमशम्शेरले टेक्निकल स्कूल खोलेर स्वदेशमा नै दुनियाँको हातमा हस्तकलासम्बन्धी सीप विकासको थालनी गराएका थिए । जङ्गबहादुरले त आफ्नो बेलायत यात्रा९विसं १९०६०मा चित्रकार भाजुमान चित्रकारीलाई र प्रधानमन्त्री चन्द्रशम्शेरले युरोप यात्रा९विसं १९६००मा चित्रकार तथा छायाचित्रकार बखतमान चित्रकारीलाई समावेश गरेका थिए । चन्द्रशम्शेरले विसं १९७८ मा चन्द्रमानसिंह मास्केलाई र  १९८३ मा कालिगढ तेजबहादुर चित्रकारीलाई भत्ता दिएर भारतको कोलकातास्थित इण्ड्रष्ट्रियल आर्ट स्कूलमा र जुद्धशम्शेरले विसं १९९८ मा केशवप्रसाद दुवाडीलाई मुम्बईस्थित सर जेजे स्कूल अफ आर्टसमा भत्ता दिएर चित्रकलाको तालीम पढ्न पढाएका थिए ।

भीमशम्शेरले नेपालमा कालिगढी, बुनोट, खेती आदि रोजगारी चल्ने इलम हासिल गरी सुविस्तासँग जनताले रोजगारी र व्यवहार चलाऊन् भन्ने उद्देश्यले विसं १९८७ मा टेक्निकल स्कूल स्थापना गरेका थिए जसमा इञ्जिनीयरिङ, एग्रिकल्चर र विभिङ विभाग थिए । सोही स्कूलअन्तर्गत चित्रकला र मूर्तिकलाको शिक्षा दिन प्रधानमन्त्री जुद्धशम्शेरले विसं १९९० मा वसन्तपुर९भूकम्पछि घण्टाघर०मा आर्ट स्कूल स्थापना गरेका थिए, त्यो नै नेपालमा कला शिक्षाको आधार बन्यो । विसं २००० असार २४ गते  दर्ता गर्नेक्रममा त्यसको नाम प्रधानमन्त्री जुद्धकै नाममा ‘श्री जुद्धकला पाठशाला’ नामकरण गरियो । शुरुमा स्कूलका माष्टरमा चतुरत्न स्थापित, कालिदास श्रेष्ठ, चन्द्रबहादुर मानन्धर र जीवरत्न शाक्य रहेकामा दुवाडी पहिलो हेडमाष्टर नियुक्त गरिए । पाठशाला विसं २००८ मा शिक्षा मन्त्रालय राखिएको थियो र २०२३ सालमा विश्वविद्यालयअन्तर्गत राखी ललितकला महाविद्यालय र २०३० देखि ललितकला क्याम्पसमा परिणत भयो, भएको छ । अहिले नेपालका धेरै कलाकार त्यही क्याम्पसबाट दीक्षित भएकाहरु नै छन् ।  
 
हाल त्रिवि ललितकला केन्द्रीय विभाग, कीर्तिपुर बहुमुखी क्याम्पस, विश्वविद्यालय क्याम्पस, त्यसअन्तर्गतकोे ललितकला क्याम्पस, त्यसको सम्बन्धन प्राप्त सामुदायिक कलेज सिर्जना कलेज अफ फाइन आर्टस, लाजिम्पाट, काठमाडौँ विश्वविद्यालयको आर्ट एण्ड डिजाइन डिपार्टमेन्ट(विभाग), काठमाडौँ विवि सेण्टर फर आर्ट एण्ड डिजाइन, ब्याचलर लेभल एवं प्लस २ मा  सात वटा काठमाडौँ उपत्यका र दुई वटा मोरङ, पथरी र कास्की पोखरामा सञ्चालित छन् । यसरी कला प्रशिक्षण यहाँसम्म  आइपुग्नामा शासन सञ्चालनमा निरङ्कुश भए पनि राणाकालीन शासकहरुको योगदान रहेको कुरामा कलासमीक्षक डा रामकुमार भौकाजीले मुक्तकण्ठले प्रशंसा गर्दै संस्थागत विकासमा जुद्धकला पाठशालाबारे खोजीनिती गरी पाठकसमक्ष ल्याउनुभएको छ । 
 
साँघुटार, रामेछापबाट राजधानी अध्ययनार्थ आउनुभएका भौकाजीले मस्को युनिभर्सिटीबाट  १९८३ मा स्नातकोत्तर र   सोभियत ललितकला एकेडेमीबाट १९८८ मा आधुनिक तथा अत्याधुनिक नेपाली चित्रकला(विसं १९०३ देखि २०४५)  विषयमा विद्यावारिधि गर्नुभएको हो । उहाँका ‘आधुनिक तथा अत्याधुनिक नेपाली चित्रकला’(१९८८/विसं २०४५, रुसी भाषा), ‘कलास्रष्टा कुलमानसिंह भण्डारी’(नाफा, २०७६) पुस्तकाकार कृति तथा  विभिन्न दैनिक, साप्ताहिक र  मासिक पत्रिकामा कलासम्बन्धी स्तम्भमार्फत लेखहरु प्रकाशित छन् । ‘मेरो नेपाल’ शृङ्खलान्तर्गत उहाँका दृश्यचित्र प्रदर्शित हुनाका साथै गोरखा भूकम्पसँग सम्बन्धित शृङ्खलाबद्ध स्थलगत चित्र प्रकाशनमा आएको छ ।  ‘श्री जुद्धकला पाठशाला’९नाफा, २०७६० उहाँको कलाजीवनको साधनाकै उपलब्धि हो र ७० वर्षभन्दा बढी इतिहास भएको र इतिहासको गर्तमा बिलाउन लागेको संस्थालाई जनमानसमा ल्याउन सक्नु उहाँको धैर्य र आँटको प्रतिफल हो । 

एघार परिच्छेदमा विभाजित कृतिमा टेक्निकल स्कूल र जुद्धकला पाठशालाको स्थापना, जुद्धकला पाठशालाको पाठ्यक्रम, शैक्षिक स्तर, भर्ना नियम, सहशिक्षा, विद्यार्थीलाई भत्ता व्यवस्था, परीक्षा व्यवस्था  र परीक्षाफल, सार्वजनिक तथा अन्य बिदा, कर्मचारीको व्यवस्थालगायत विषय तथा समेटिएका छन् । कृतिमा शिक्षकहरुबीचको द्वन्द्व, शैक्षिक योग्यता नपुगेका शिक्षकहरुको चातुर्य, शासकहरुलाई रिझाउने प्रवृत्ति  आदिबारे लेखकले मिहिन ढ¬ङ्गले प्रकाश पार्नुभएको छ । विद्यार्थीलाई सोधिएका प्रश्न, तिनले  प्राप्त गरेको भत्ता र परीक्षामा प्राप्त लब्धाङ्क एवं प्रशस्त अनुसूची र सन्दर्भ सामग्री  राखेर अनुसन्धानात्मक कृतिलाई अझ तथ्यपूर्ण बनाउने कोशिश गरिएको छ । 

पाठशाला, महाविद्यालय र क्याम्पसको पदाधिकारीहरुको व्यक्तिगत अवरोध र सामग्रीहरुको अस्तव्यस्तताबीच लेखकले करीब ४५ वर्षसम्म खोजीअनुसन्धान गरी नेपाल ललितकला प्रज्ञा –प्रतिष्ठान (नाफा) मार्फत सार्वजनिक गरेको प्रस्तुत कृति कला विद्यार्थीका लागि त रोचक छ नै, अन्य जिज्ञासुलाई पनि राणाकालीन अवस्थाबारे केही सूचना तथा ज्ञान दिएको छ ।सात सालपछि ‘गोर्खा राज्य’ ‘नेपाल अधिराज्य’मा परिणत भएको भन्ने लेखकको भनाइबारे अनुसन्धान नै गर्नुपर्ने हुन्छ ।    जीर्ण भवनका कुनाकाप्चामा थुपारिएका पोकापन्तरा उधिनेर लेखकले नेपालको पहिलो कला पाठशालाबारे उजागर गरेको तथ्य इतिहास बचाउने इमान्दार प्रयत्न हो । कृतिमा पुनरुक्ति धेरै छन् । हाल जीवित नै रहेकाहरुको व्यक्तिगत रुपमा नामसमेत उल्लेख गरेर लेखकले आरोप वा आलोचना नगरेको भए हुन्थ्यो ।  कृति कति सालमा प्रकाशन भएको स्पष्ट देखिँदैन । भूमिकामा ‘चित्रकलाकार विशेषज्ञ, अनुसन्धाता तथा कलाविश्लेशक’ डा भौकाजीले पाठशालाको ‘प्रमाणित अस्तित्व जोगाउनु’ आफ्नो लेखनको उद्देश्य बताउनुभएको छ भने प्रकाशक  नाफाका सदस्य सचिव विपीनकुमार घिमिरेले कला अनुसन्धानमार्फत इतिहास संरक्षण गर्न अन्यलाई पनि आग्रह गर्नुभएको छ । इतिहासको अविवादित रुपमा खोजीनिती गरी प्रकाशमा ल्याउन सकेमा पछिल्लो पुस्ताले सिलसिलाबद्ध अध्ययन गर्न पाउने थिए । श्याम रिमाल/रासस