२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा

सिरियाली गृहयुद्धका दश वर्ष, शान्तिको आशा अझै धुमिल

सिरियाली गृहयुद्धका दश वर्ष, शान्तिको आशा अझै धुमिल
अ अ+ अ-

काठमाडौं । सेहम हामुले सन् २०१६ मा इराकको डोउमास्थित घरमा क्षेप्यास्त्र आक्रमण हुँदा आफ्ना पति, छोरा र नातिनी गुमाइन् । सिरियाली राजधानी नजिक विद्रोहीको बलियो उपस्थिति रहेको डोउमामा विगत दश वर्षको अवधिमा भीषण लडाईं भएका छन् । अहिले ७४ वर्ष पुगिसकेकी सेहमले छोराका चार बालबच्चा, एउटी बिधवा छोरी र माहिली छोरी ज्वाइँ र उनीहरुका बालबच्चाको हेरचाह गर्ने जिम्मेवारी छ । सिरिया गृहयुद्धको १० वर्षका बारेमा रोयटर्समा छापिएको यो एउटा प्रतिनिधि घटना मात्र हो । 

लोकतन्त्र र उदार शासन प्रणालीका निम्ति खाडी राष्ट्रका नागरिकले सन् २०११ मा शुरु गरेको बहुचर्चित “अरब स्प्रिङ”का नामले परिचित अरब क्रान्तिले खाडी मुलुकहरुमा केही सुधार त ल्यायो, तर सिरिया, लिबिया जस्ता मुलुक गृहयुद्धको दलदलमा दशौं वर्षदेखि नराम्रोसँग फसेका छन् । सिरियामा मार्च १५, २०११ मा शुरु भएको जनताको स्वाभाविक विरोध प्रदर्शन सिरियाली राष्ट्रपति बसार अल असदको क्रुर दमनको चपेटामा परेको थियो, र त्यो आज पर्यन्त जारी छ । देशी, विदेशी शक्तिकेन्द्रको क्रिडाभूमिमा परिणत भएको यो गृहयुद्ध बहुआयामिक छ, र अरब क्षेत्रमै सैनिक र सामरिक दृष्टिबाट निकै शक्तिशाली मानिने सिरियालाई अहिले छिन्नभिन्न पारेको छ ।

कसरी शुरु भयो गृहयुद्ध ?

लामो समय शासन गरिसकेका सिरियाली राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै आमजनताले शान्तिपूर्ण विरोध प्रदर्शन शुरु गरेका थिए । देशव्यापी यी प्रदर्शनमा लाखौं जनता सहभागी भएका थिए । केही प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । सिरियाली जनताको प्रदर्शनमा छिमेकी मुलुक र अन्य शक्तिराष्ट्रले समर्थन गरेका थिए । विरोध प्रदर्शनलाई दबाउने नाममा सरकारले निर्मम शक्ति प्रयोग गर्न थालेपछि शसस्त्र विद्रोह शुरु भएको थियो । गृहयुद्धको रुप लिएको राष्ट्रपति असद विरुद्धको यस युद्धमा मुख्यतः चार पक्ष सहभागी थिएः सिरियाली सेना र यसको गठबन्धन (फ्रि सिरियन आर्मी), सलाफी जिहादी समूह (अल नुस्रा र तहरिर अल–शाम समूह समेत), कुर्दिस–अरब सिरियन डेमोक्रेटिक फोर्सेस (एसडिएफ) र इराकी इस्लामिक स्टेट समूह । यी विभिन्न समूहलाई इरान, इजरायल, रसिया, टर्की, संयुक्तराज्य अमेरिका समेतका मुलुकले प्रत्यक्ष वा परोक्ष सहायता उपलब्ध गराएका छन् । 

इरान, रसिया र हेज्बोल्लाह राष्ट्रपति असदको पक्षमा लडिरहेका छन् जहाँ रसियाले सन् २०१५ देखि विद्रोहीका अखडाहरुमा भिषण हवाई कारबाही गरिरहेको छ । इस्लामिक स्टेट विरुद्धको कारबाहीको नाममा संयुक्तराज्य अमेरिकाले सन् २०१४ देखि गठबन्धन बनाएर इस्लामिक स्टेट समूहका साथै सिरियाली सेना र सिरियाली सेना समर्थित लडाकू समूहमाथि लक्षित गरी आक्रमण गरिरहेको छ । सन् २०१५ देखि सिरियाको उत्तर र पूर्वी भागमा स्वायत्त क्षेत्र स्थापना गरी एसडिएफलाई आर्थिक, प्राविधिक, सैनिक समेतका सबै सुविधा उपलब्ध गराएको छ । टर्कीले भने एसडिएफ, इस्लामिक स्टेट र सिरियाली सेना विरुद्ध आफ्नो सीमाक्षेत्रमा आक्रमण गरिरहेको छ । टर्कीले सिरियाली विपक्षीलाई पनि मद्दत गरी सिरियाको उत्तरपश्चिम क्षेत्रको ठूलो भूभागमा परोक्ष नियन्त्रण कायम गरेको छ । पछिल्लो विवरण अनुसार सिरियाली सेनाको नियन्त्रणमा देशको करिब ६४ प्रतिशत भूभाग मात्र छ भने एसडिएफको करिब २६ प्रतिशत, अन्य विद्रोही र टर्कीको नियन्त्रणमा १० प्रतिशत भूभाग छ । इजरायलले पनि सिरियाभित्र सक्रिय इरानी र हेज्बोल्लाह लडाकूमाथि कारबाही गर्ने नाममा हवाई आक्रमण गर्ने गरेको छ । 

मानवीय र भौतिक क्षति

सिरियाली भूमिमा सक्रिय विभिन्न सशस्त्र समूह, रसिया र अन्य राष्ट्रका सेनाले गर्ने हवाई कारबाही तथा सरकारी फौजको व्यापक परिचालनले सिरियाभित्र चरम मानवीय र भौतिक क्षति भइसकेको छ । राष्ट्रसंघ र सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार यहाँ मानव अधिकारको चरम उल्लंघन हुनुका साथै आममानिसको कत्लेआम गरिएको छ । राष्ट्रसंघका अनुसार सिरिया युद्धमा हालसम्म करिब चार लाखको ज्यान गइसकेको छ भने सन् २०१५ सम्ममा कूल जनसंख्याको झण्डै आधा हिस्सा अर्थात करिब एक करोड ९ लाख मानिस विस्थापित भएका छन् । यी मानिसहरु लेबनान, जोर्डन, टर्की र इराकतिर भागेका थिए । टर्कीमा मात्र १७ लाख मानिसले आश्रय लिएका छन् । क्लस्टर बम, विशाल सैन्य कारबाही, अन्धाधुन्ध क्षेप्यास्त्र प्रहार र गोली समेत सबै किसिमका परम्परागत तथा सिरियाली सेनाले नै चलाएको तथाकथित रासायनिक हतियारले यी मानिसको ज्यान गएको हो । लाखौं शरणार्थी विभिन्न युरोपेली मुलुकमा पुगेका छन् र युरोपका कैयौं देशलाई सिरियाली शरणार्थी टाउको दुखाईको विषय बनेका छन् । 

सिरियामा गृहयुद्ध सक्रिय अवस्थामै रहेका कारण कति भौतिक क्षति पुगेको छ भन्ने स्पष्ट विवरण सङ्कलन निकै कठिन र चुनौतीपूर्ण छ । तैपनि, राष्ट्रसंघले गरेको अनुमान अनुसार करिब चार खर्ब अमेरिकी डलर बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ । पुनर्निर्माणका लागि आवश्यक स्रोत, साधन जुटाउन अहिलेकै अवस्थामा सिरियालाई निकै कठिन छ । आर्थिक रुपमा तुलनात्मक रुपमा कमजोर अवस्थामा रहेका सिरियाका मित्रराष्ट्रहरु इरान र रसियाले पुनर्निर्माणका लागि गर्ने सहयोग पक्कै पनि सिरियालाई अपर्याप्त हुनेछ । तर अन्य राष्ट्रको सहयोग प्राप्त गर्न असदको सत्ता बाधक हुने स्वतः देखिन्छ । 

अबको निकास ?

फेब्रुअरी २०११ मा अमेरिकाका तत्कालीन उपराष्ट्रपति जो बाइडेनले एउटा समारोहमा सम्बोधन गर्दैआधारभूत स्वतन्त्रता र सम्मानको चाहना राख्ने जनतालाई अमेरिकाले सदैब समर्थन गर्ने प्रतिज्ञा गर्नु भएको थियो । त्यो सम्बोधनको एक महिनापछि नै सिरियाका जनता राष्ट्रपति असदको विरोधमा सडकमा उत्रिए । तर सिरियाली सरकारको चरम दमनमा त्यहींका जनता परे । 

अमेरिकाको एउटा समूहको विचारमा असदले सिरियामा विजय हासिल गरेका छन् र त्यहाँ अमेरिकाले गर्नुपर्ने केही छैन । तर सिरियाभित्र जनताको विद्रोह र क्रान्ति अझै नसकिएको तथा जनताका दुःखपीडा अझै यथावत् रहेको वासिङ्टन पोष्टमा स्तम्भकार जस रोजिन लेख्छन् । असदको शासन विरुद्ध सङ्घर्षरत पक्षहरुको विचारमा अझै पनि असदबाट मुक्तिको अभियान जारी छ । 

सिरिया मामिलामा पूर्व राष्ट्रपति बाराक ओबामालाई समेत परामर्श दिने पूर्व राजदूत फ्रेडरिक सी। हफको विचारमा यदि राष्ट्रपति बाइडेनले कुनै ठोस कदम नचाले सिरियाको अवस्था उत्तर कोरियाको झैं हुनेछ । उहाँ भन्नुहुन्छ, सिरिया मध्यपूर्व मात्र नभई विश्वकै लागि खतराको रुपमा उपस्थित हुनेछ । स्तम्भकार रोजिन लेख्छन्, “अमेरिकी जनता सिरियाली सङ्कटबाट थकित भइसकेका हुन सक्छन्, तर सिरियाली जनता अझै पनि प्रतिबद्ध छन् । उनीहरुलाई थाहा छ, दशक लामो सङ्घर्ष अहिल्यै सकिने स्थितिमा छैन, चाहे विश्वले उनीहरुलाई समर्थन गरुन् वा नगरुन् ।”