१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम मन्दिरको प्राणप्रतिष्ठाको पूर्वसन्ध्यामा धनुषा र महोत्तरीमा शोभायात्रा



अ+ अ-

जनकपूरधाम । भारतको अयोध्यामा उद्घाटन हुन लागेको राम मन्दिरको प्राणप्रतिष्ठाको पूर्वसन्ध्यामा धनुषा, महोत्तरी लगायतका जिल्लाहरुमा सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिएको छ ।

आईतवार महोत्तरीको जलेश्वर र धनुषाको जनकपुरधाममा सांस्कृतिक बाजागाजासहितको र्‍याली निकालिएको हो । र्‍यालीमा सहभागीहरुले हिन्दु धर्मावलम्वीहरुका लागि यो क्षण खुशीमय रहेको बताए । उनीहरुले नगर परिक्रमा गर्दै कलशयात्रा समेत गरेका छन् ।

भगवान रामको जन्मस्थल मानिने भारतको अयोध्यामा भव्य राम मन्दिर बनाइएको छ । नेपालभरका पाँच हजार मन्दिरहरूमा सोमवार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म सत्सङ्ग भजन कीर्तन गर्ने, विजय महामन्त्र जप, आरती तथा प्रसाद वितरण अनि साँझ सबै हिन्दुहरूले दीप उत्सव गर्न गर्न आह्वान गरिएको छ ।

न्युज एजेन्सी नेपाल