• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

विजय देवरकोन्डाले भने-रश्मिकासँगको इन्गेजमेन्टको खबर झुटो



एजेन्सी । साउथ अभिनेता विजय देवरकोन्डाले अभिनेत्री रश्मिका मन्दनासँगको इन्गेजमेन्टको खबरलाई अफवाह भनेका छन् । उनले आफूले तत्काल इन्गेजमेन्ट र बिहे नगर्ने पनि बताएका छन् ।

केही दिनदेखि तेलुगु सुपरस्टार विजय र रश्मिकाको इन्गेजमेन्टको हल्ला चलेको थियो । खबर अनुसार विजय र रश्मिकाले फेब्रुअरीको दोस्रो साता इन्गेजमेन्ट गर्न सक्ने बताइएको थियो । यस्तो अवस्थामा विजयले अहिले यी अफवाहहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् ।

लाइफस्टाइल एशियासँग कुरा गर्दै उनले भने–‘फेब्रुअरीमा मेरो इन्गेजमेन्ट वा बिहे हुनेवाला छैन । मिडियावासीले मलाई हरेक दुई वर्षमा बिहे गरून् जस्तो लाग्छ । हरेक वर्ष यस्तो हल्ला सुन्छु । उनीहरु मलाई पक्रन र बिहे गराउनको लागि मात्रै घुमिरहेका छन् ।

सन् २०१८ मा रिलिज भएको फिल्म ‘गीता गोविन्दम’ मा विजय र रश्मिका सँगै देखिएका थिए । त्यसपछि सन् २०१९ मा रिलिज भएको फिल्म ‘डियर कम्रेड’ मा पनि दुवै एकसाथ देखिएका थिए । यस फिल्ममा विजय रश्मिकाको अनस्क्रिन केमेस्ट्रीलाई निकै मन पराइएको थियो । फिल्मको सेटबाट दुवै रिलेसनसिपमा रहेको खबर आए पनि दुवै कलाकारले यसबारे खुलेर कुरा गरेका छैनन् ।