१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

सीताकेमा भविष्य खोज्दै काफ्ले दाजुभाइ

सीताकेमा भविष्य खोज्दै काफ्ले दाजुभाइ
अ अ+ अ-

मङ्गलबारे । नेपालमा रोजगारी नभएर विदेशिनेको सङ्ख्या बढ्दो भए पनि नेपालमै उद्यम गर्न चाहाने र गर्नेहरु प्रसस्तै छन् । वैदेशिक रोजगारीका लागि जाने दैनिक हजारौँ युवाको भीडमा यहाँको माईजोगमाई गाउँपालिकाका काफ्ले दाजुभाइ भने विदेश नजाने सोचका साथ गाउँमा नै सिताके च्याउ खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

उक्त गाउँपालिका–६ स्थित प्याङका काफ्ले दाजुभाइ सिताके च्याउ खेतीबाटै भविष्यका लागि आयआर्जनको उपाय खोजिरहेका छन् । घनेन्द्र काफ्ले र रामप्रसाद काफ्लेले च्याउ उत्पादन गरी आफैँ बजारसम्म पुर्‍याएर बिक्रीसमेत गर्दै आएका छन् । पूर्वी नेपालका विभिन्न बजार तथा मार्टमा उनीहरूको उत्पादन पुगेको हुन्छ ।

हाल विराटनगर, धरान, विर्तामोड, दमक तथा जिल्लाकै विभिन्न बजारमा आफ्ना उत्पादन पुर्‍याउने गरेको उनीहरूकोे भनाइ छ । भारतका विभिन्न बजारमासमेत आफ्ना उत्पादनको प्रसस्तै माग रहेको घनेन्द्र बताउनुहुन्छ । कुनै समयमा त भारतबाट माग आएपछि उही नै पुर्‍याइदिने गरेको उहो उल्लेख गर्नुहुन्छ । “एकपटक खाएपछि आफैँ पनि फोन गरेर मगाउँछन्, घनेन्द्र भन्नुहुन्छ ।

सुरुमा पाँच सय काठको मुडाबाट सुरु गरिएको च्याउखेती विस्तार भएर हाल तीन हजार पाँच सय मुडामा विस्तार भइसकेको छ । सो मुडाबाट दैनिक २० किलो भन्दाबढी च्याउ उत्पादन हुँदै आएको छ भने मासिक तीन सय किलोसम्म उत्पादन हुने गरेको छ । प्रतिकिलो रु आठ सयदेखि एक हजारसम्ममा आफ्नो उत्पादन बिक्री भइरहेको रामप्रसाद बताउनुुहुन्छ ।

उत्पादित च्याउलाई प्राय: गे्रडिङ गरेर बजारसम्म लैजाने गरिएको छ । राम्रो र ठूलो दानाकोे प्रतिकिलो रु एक हजारदेखि रु उक हजार दुई सयसम्ममा बिक्री हुने र सानो दानाको प्रतिकिलो रु छ सयदेखि रु आठ सयसम्ममा बिक्री हुने गरेको उहाँको भनाइ छ । घरमै बसेर बसेर च्याउखेती गर्दा मासिक रु दुई लाख कमाइ हुने गरेको, र घरका परिवार सबै नै च्याउमा लागेको रामप्रसाद बताउनुहुन्छ ।

आत्मनिर्भर हुनका लागि विदेश नै जानुनपर्ने उदाहरण बन्नुभएका काफ्ले दाजुभाइ गर्न सिताके च्याउखेती तथा अन्य कृषि पेसाबाट मनग्य आम्दानी हुनेमा जोड दिनुहुन्छ । तीन वर्षअघि यो खेती गर्न सुरु गरिएको र सुरुमा जमिन भाडामा लिएर खेती सुरु गरिएकोमा आफ्नै जग्गामा संरचना निर्माण तयार पारेपछि सो जमिन फिर्ता दिँदा रु ३० लाख घाटा भएको थियो । आफ्नै जमिनमा उत्पादन हुन थालेपछि भने त्यो बेलाको घाटा हाल उठिसकेको घनेन्द्र बताउनुहुन्छ ।

यो च्याउको उत्पादन १२ महिना नै गर्न सकिने भएकाले आधुनिक प्रविधिको प्रयोग र आफैँमा दक्षता भए खेती गर्न खास समस्या हुँदैन । जङ्गलमा उत्पादन हुने काठको मुडामा यसको खेती गर्न सकिन्छ । उत्पादित च्याउ बजारसम्म लैजाने गर्नुभएका काफ्ले दाजुभाइ बिचौलियामार्फत गरिने व्यवसायले घाटा हुने गरेको बताउनुहुन्छ । बिचौलियाले राखेको च्याउ तीन दिनसम्म नकिक्दा उत्पादन गर्ने किसान नै बदनाम हुने गरेको विगतका घटनाले देखाएको र बिचौलियाले आफूखुसी मूल्य तोक्दा यसको खास मूल्यमासमेत अन्योल देखापर्न सक्छ ।

आफैँले उपभोक्तसमक्ष पुर्‍याउदा ताजा उपभोग गर्न पाइने र स्वादमासमेत फरकपर्ने गरेको छ । ताजा च्याउको स्वाद मिठोे हुने तर ओइलाएको च्याउको स्वादमा फरक पर्ने भएकाले आफैँले बिक्री गर्नुपरेको घनेन्द्रको भनाइ छ ।

विवाह तथा अन्य चाडवाडका बोलामा यसको माग बढी आउने गरेको र कहिलेकाहीँ बजारको मागभन्दा बढी उत्पादन हुँदा समस्या हुने गरेको छ । सरकारबाट सहयोग मिले अझ धेरै गर्न प्रेरणा मिल्ने उहाँ बताउनुहुन्छ ।

कसरी उत्पादन हन्छ सिताके च्याउ ?

यो च्याउको उत्पादन काठको मुडामा गरिन्छ । दरो र बलियो काठ प्रयोग गर्दा बढी समयसम्म उत्पादन लिन सकिन्छ । बीचमा मुडा फेर्नुपर्दा झन्झट बढ्ने हुन्छ । बढी समयसम्म उत्पादन लिन प्राय:कट्टुसको मुडामा बीउ राख्ने गरिन्छ । काठमा प्वाल पारेरभित्र बीउ राखिन्छ । बीउ राखेको चार महिनासम्म सो मुडालाई घाम नलाग्ने ठाउँमा राख्नुपर्दछ । बीउ टुसाएको केही समयपछि उत्पादन लिन सकिन्छ । उत्पादन भइसकेपछि मुडालाई भिजाउनुपर्छ । प्रत्येक ५१ दिनमा मुडालाई पानीमा डुबाएर घाम नलाग्ने स्थानमा राख्नुपर्छ । प्रयोग भएको काठको मुडाबाट पाँच वर्षसम्म उत्पादन लिन सकिने काफ्ले दाजुभाइको भनाइ छ ।

प्रयोग गर्ने तरिका

सिताके च्याउलाई तरकारीका रुपमा प्रयोग गर्न सकिन्छ । सामान्य होटलदेखि चारतारे होटलसम्म यसको उत्पादन पुग्न थालेको छ । महँगो भएकै कारण कम मात्र बजारमा बिक्री हन्छ । यसलाई झोल बनाएरसमेत खान र दालमा मिसाएर पनि खान सकिन्छ । सुकाएको यो च्याउको सुकुटी पनि बिक्री हुँदै आएको छ । सुकुटी चाहेको जुनसकै बेला पनि खान सकिने भएकाले प्राय: विदेशमासमेत निर्यात हुँदै आएको छ । स्वादअनुसार तावामा सेकाएर वा सेकुवा बनाएरसमेत प्रयोग गर्न सकिन्छ ।

तयारी यो च्याउको सुकुटी प्रतिकिलो रु १२ हजार सम्ममा बिक्री हुँदै आएको छ । यसबाट भिटामिन डि पाइने भएकाले बालबालिका तथा वृद्धहरुका लागि अत्यन्तै राम्रो मानिन्छ । रासस