२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

पर्यटकको पर्खाइमा डोटीको बडीकेदारधाम

पर्यटकको पर्खाइमा डोटीको बडीकेदारधाम
अ अ+ अ-

दिपायल । पर्यटनको आकर्षक गन्तव्यका रुपमा रहेको डोटीको दक्षिणी भेगमा पर्ने बडीकेदारधाम पछिल्लो समय पर्यटकको पर्खाइमा रहेको छ ।

समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा पर्ने बडीकेदारधाम दक्षिण डोटीको बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकाको दोसाँधमा अवस्थित छ ।

प्रचारप्रसारको अभावमा ओझेलमा परेको यो स्थल पदयात्राका लागि उपयुक्त गन्तव्य मानिए पनि पूवार्धार निर्माण नहुँदा यहाँ आन्तरिक पर्यटक मात्रै पुग्ने गरेका छन् । स्थानीयवासीले यस क्षेत्रको विकासका लागि सरोकारवाला निकायसँग माग गरिरहेका छन् । सहजपुुर विपीनगर बोगटान दिपायल सडकबाट गाडीमा करिब दुुई घण्टाको पैदलयात्रामा बडीकेदारधाम पुुग्न सकिन्छ ।

ग्रामीण कला, संस्कृति र परम्परासँग रमाउँदै बडीकेदार पुग्न सकिने भए पनि अहिलेसम्म यस क्षेत्रको पूर्वाधार निर्माणमा कसैको ध्यानपुग्न सकेको छैन । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमनको वातावरण बनाउने हो भने यहाँको व्यापार व्यवसायसँगै आयआर्जनमा पनि टेवा पुुग्ने स्थानीवासी बताउँछन् ।

बडीकेदारधामअन्तर्गत रहेका मठमन्दिर गुफा, झरनाको पूर्वाधार विकास र प्रचारप्रचार नहुँदा यो क्षेत्र प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको बडीकेदार गाउँपालिका–५ का स्थानीय वीरबहादुुर बोहराले बताउनुुभयो ।

यस क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्न सकेमा यहाँका नागरिकको रोजगारीसँगै आयआर्जनमा वृद्धि हुने बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले बताउनुुभयो । यस क्षेत्रमा पूर्वाधार विकास गरी प्रचारप्रसार गर्न स्थानीयतह, प्रदेश र सङ्घीय सरकारका साथै पर्यटन व्यवसायीसँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यकारी अधिकृत सिराडीले भक्तजनको आगमनमा सुविधा उपलब्ध गराउन आवश्यक पूर्वाधार बाटो, धारा, मूलभवन, मूर्ति, शौचालय, पर्खाललगायत पूर्वाधार बनाउन बाँकी रहेको भन्दै यस विषयमा सरोकारवाला निकायसँग छलफल भइरहेकाले छिट्टै काम अगाडि बढ्ने बताउनुभयो ।

प्रचारप्रचारका लागि स्थानीयतहका, वडा तथा गाउँपालिका र प्रदेश सरकारसँग समन्वय भई कामको योजना बनाइने बोगटन फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताउनुुभयो । बडीकेदारधामको धार्मिक, सांस्कृतिक, ऐतिहासिकरुपमा प्रचारप्रचार गर्नका लागि बडीकेदार गाउँपालिकाले पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष भैरवबहादुुर साउदले राससलाई जानकारी दिनुभयो । यस क्षेत्रको विकास गर्न सके समग्र पालिकासँगै जिल्लाको विकासमा सहयोग पुुग्ने उहाँको भनाइ थियो । रासस