२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो कमाई २५० रुपैयाँ, फिल्मका लागि ५–७ करोड लिन्थे सुशान्त



अ+ अ-

एजेन्सी । आज बलिउड दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको ३८ औँ जन्मजयन्ती हो । ३४ वर्षको उमेरमा उनले संसारलाई बिदा दिए । तर, उनको मृत्यु अझै रहस्यमय नै छ ।

कतिपयले उनको हत्या भएको बताएका छन् भने कतिपयले उनी लामो समयदेखि डिप्रेसनमा रहेकाले आत्महत्या गरेको बताएका छन् ।

२१ जनवरी १९८६ मा कृष्णकुमार सिंह र उषा सिंहको घरमा छोराको जन्म भयो । उनको नाम गुलशन थियो, जसलाई पछि विश्वले सुशान्त सिंह राजपूतको नामले चिन्यो ।

चार दिदीबहिनीमा सुशान्त एक्लो भाइ थिए, त्यसैले सबै दिदीबहिनीको प्यारो थिए । जब उनी १६ वर्षको थिए, उनकी आमाको ब्रेन हेमरेजका कारण मृत्यु भयो । यसअघि उनकी एक बहिनीको पनि निधन भएको थियो । शोकको बोझले भरिएको परिवार पटनाबाट दिल्ली सरेको थियो ।

सुशान्तलाई सानैदेखि पढाइप्रति लगाव थियो । दिल्ली आएपछि उनले सेन्ट केरेन्स स्कूलबाट थप अध्ययन गरे । यसपछि उनले सन् २००३ मा दिल्ली युनिभर्सिटी अफ टेक्नोलोजीको प्रवेश परीक्षा दिए, जसमा उनले सातौं स्थान हासिल गरे । सुशान्तले भारतीय खानी विश्वविद्यालयसहित कुल ११ वटा इन्जिनियरिङ प्रवेश परीक्षा उत्तीर्ण गरेका थिए ।

सुशान्तको पहिलो कमाई २५० रुपैयाँ थियो । तर, सफलता पाएपछि सुशान्तले एउटा फिल्मका लागि करिब ५ देखि ७ करोड रुपैयाँ लिन्थे । फिल्मका अलावा उनको आम्दानीको स्रोत ब्राण्ड एन्डोर्समेन्ट र स्टेज शो पनि थिए ।

बलिउडमा प्रवेश गरेपछि सुशान्तले २०१५ मा पाली हिल क्षेत्रमा पेन्टहाउस किनेका थिए । यस पेन्टहाउसको मूल्य २० करोड रुपैयाँ थियो । सुशान्तको कार संग्रहमा १.५ करोडको मासेराती क्वाट्रोपोर्टो लक्जरी कार समावेश छ । उनीसँग २५ लाखको के१३०००आर बाइक पनि थियो । उनका दुबै गाडीको नम्बर ४७४७ थियो ।

अप्रिल २६, २०१८ मा, सुशान्तले दुई जनासँग मिलेर आफ्नो कम्पनी इन्नासाई भेन्चर्सको आधारशिला राखे । नयाँ प्रविधिको प्रवद्र्धनका लागि काम गर्न लागेको यो कम्पनीमा सुशान्तले ३०० करोड रुपैयाँ लगानी गर्न लागेका थिए ।

सुशान्तले आफ्नो कम्पनी इन्नासाई भेन्चरबाट १२ वटा बायोपिक बनाउन लागेका थिए, जसमा उनले विभिन्न ऐतिहासिक पात्रको भूमिका निर्वाह गर्नेछन् । फिल्ममा व्यस्तताका कारण सुशान्तले निर्माणमा ध्यान दिन सकेनन् ।

सुशान्तले सन् २०१९ मा प्रेमिका रिया चक्रवर्ती र भाइ शौविकसँग भिविड्रेज रिअल्टिक्स दर्ता गरेका थिए । यस कम्पनीको नाम रिया पछि लेखिएको थियो ।