• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

एउटै विषय फरक फरक समितिमा छलफल भइरहेकोबारे सभामुखसँग समिति सभापतिको गुनसो



काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिसँग छलफल गर्नुभएको छ ।

आईतवार सिंहदरबारमा संसदीय समितिका सबै सभापतिहरुसँग सभामुख घिमिरेले छलफल गर्नुभएको हो । छलफलमा संसदीय समितिमा विचाराधिन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेस भए सदन चलाउन सहज हुने धारणा सभामुखले राख्नुभएको सभामुखको भनाइ उद्धृत गर्दै राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बताउनु भयो । उहाँले संसदको हिउँदे अधिवेशन यही माघ १८ देखि बोलाउने तयारी भइरहेकाले सो बारेमा पनि छलफल भएको बताउनु भयो । उहाँले एउटै विषयहरु विभिन्न समितिले हेर्ने गरेको बारेमा पनि छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब संसदलाई एउटा कार्यदिशा नयाँ रुपले लिएर जानका निम्ति क्यालेण्डर बनाएर जाँदा कतिको उपयुक्त हुन्छ ? र सबै पार्टीका प्रमुख सचेतकहरुसँग बसेर क्यालेण्डरको रुपमा यति समयदेखि यति समय हिउँदे अधिवेशन चल्छ, यति समय वर्षे अधिवेशन चल्छ भन्ने एउटा क्यालेण्डर बनाएर जान सकियो भने त्यो पनि उपयुक्त हुन्छ । यसमा कसरी जाने ? विशेष गरी विधेयकहरु समितिबाट छिटो भन्दा छिटो आइ सदन चल्न अझै सहज हुन्थ्यो र कितपय कुरामा विभिन्न सहमतिहरु बीचमा एउटै समितिले हेरेको । जस्तै एनसेलकै प्रकरणमा राज्य व्यवस्था समिति, लेखा समिति, अर्थ समिति र सञ्चार समितिले हेरेको छ । यो बारेमा पनि एक ठाउँमा बसेर छलफल गर्न पाए राम्रो हुन्थ्यो भन्ने कुरा भयो । एकैदिन मन्त्रीहरुले तीन, चार वटा समितिमा बोलाउँदा मन्त्रीहरुले नभ्याउने, कतै गयल हुने, उपस्थित हुन नसक्ने भन्ने लगायतमा पनि छलफल भयो ।’

समिति सभापति खतिवडाले सभामुखसँगको छलफलमा एकैदिन धेरै समितिले मन्त्रीहरुलाई बोलाउँदा मन्त्रीहरुलाई समय निकाल्न कठिन भएको बारेमा पनि छलफल भएको बताउनु भयो ।—न्युज एजेन्सी नेपाल