१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

समितिहरु संसदीय क्यालेण्डरअनुसार चल्न सकेनन्: सभामुख घिमिरे

समितिहरु संसदीय क्यालेण्डरअनुसार चल्न सकेनन्: सभामुख घिमिरे
file photo
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरु क्यालेण्डरअनुसार सञ्चालन गर्ने प्रयास भएपनि सफल नभएको बताउनुभएको छ ।

आईतवार संसदीय समितिका सभापतिहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदीय समिति क्यालेण्डर बनाएर सञ्चालन गर्ने प्रयास भएपनि व्यवहारिक हुन नसकेको बताउनु भयो । उहाँले अबको संसदलाई प्रभावकारी ढंगबाट लैजानको लागि क्यालेण्डर बनाएर कार्यान्वयन गरेर अघि बढ्ने गरी सभपतिहरुसँग छलफल भएको बताउनु भयो । उहाँले हिउँदे अधिवेशन चाँडै बोलाउने र तयारी छिटो गर्ने काम भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बाहिरबाट समितिहरुलाई सहयोग प्रदान गर्नको लागि विभिन्न दातृ संस्थाहरुले सहयोग गर्न कोशिसहरु वा सहयोगहरु प्राप्त हुन्छ भनेका कुराहरुलाई एकीकृत ढंगबाट समितिहरुलाई चाहिने सहयोग पनि सचिवालयमार्फत नै लिनु राम्रो हुन्छ, गर्नुपर्छ भन्ने सुझावहरु पनि आएको छ । क्यालेण्डर बनाएर अघि जाने, संसदीय क्यालेण्डरअनुसार चल्ने कोशिस भएपनि त्यो व्यवहारिक भएको छैन । अबको संसदलाई अलि प्रभावकारी ढंगबाट लैजानको लागि क्यालेण्डर फिक्स गर्ने, क्यालेण्डर भित्र चल्न सबैले वातावरण बनाएर जानुपर्छ र क्यालेण्डर कसरी बनाउने भन्ने सन्दर्भमा एउटा १५ दिन, अर्को महिना दिन, अर्को सिंगो सत्र भरको क्यालेण्डर बनाऔँ, कहिलेसम्म सत्र सञ्चालन गर्ने भन्ने बारेमा पनि एउटा समझदारीपूर्ण ढंगले, योजनावद्ध ढंगले बनाऔँ भन्नेकुरामा छलफल भएको छ । आउँदो हिउँदे सत्र चाँडै बोलाउने र त्यसको तयारी छिटो सकौँ र सरकारलाई भनौँ भन्ने भयो । बाँकी रहेका विषय छिटो टुंग्याउनुस् भनेको छु ।’

सभमुख घिमिरेले संसदको महासचिव नियुक्तिबारे आफूले आफ्नो ठाउँबाट गर्नुपर्ने सिफारिस गरिसकेको र टुंग्याउनुपर्ने स्थानबाट छिटो टुंगिएला भन्नेमा आशावादी रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल