१७ भाद्र २०८३, बुधबार
,
Latest
जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

माईतीघरको निषेधाज्ञा हटाउन माग गर्दै नेविसंघको प्रदर्शन– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । माइतीघरमा निषेधाज्ञा हटाउनुपर्ने मागसहित सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ स‌ंगठन नेपाल विद्यार्थी संघले आइतबार विरोध प्रदर्शन गरेको छ ।

अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोसिएको भन्दै संघको काठमाडौँ जिल्ला कार्यसमितिले निषेधित क्षेत्र घोषित माइतीघर पुगेर विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले ‘माइतीघरको निषेधाज्ञा खारेज गर ! , अभिव्यक्ति स्वतन्त्रता कायम गर’ जस्ता प्लेकार्ड बोक्नुका साथै नाराबाजी समेत गरेका थिए ।

सोहि क्रममा प्रहरी र प्रदर्शनकारीबीच तँछाडमछाडसमेत भएको थियो । प्रहरीले प्रहरीले २० जनाभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ ।