१८ भाद्र २०८३, बिहीबार
,
Latest
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले अनुमति नदिएपछि जनकपुरबाट अयोध्या जाने रेल सेवा रद्द



अ+ अ-

धनुषा । भारतले अनुमति नदिएपछि जनकपुरबाट अयोध्या जाने भनिएको रेल सेवा रद्द गरिएको छ ।

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट विशेष रेल सेवाको तयारी गरिएको थियो । तर, भारत सरकारले सुरक्षाको कारण देखाउँदै अनुमति नदिएपछि जनकपुरबाट जाने भनिएको रेल यात्रा रद्द गरिएको हो ।

शनिबार बिहान नेपाल रेल्वे कम्पनीका प्रबन्धक निरञ्जन झाले २२ जनवरीमा हुने प्राण प्रतिष्ठामा सम्बन्धित निकायबाट स्वीकृति लिएर रेल जाने व्यवस्था मिलाएको बताएका थिए । उनले शनिबार अपराह ४ बजेदेखि टिकट बुकिङ खुला गरिने र आइतबार बिहान ६ बजे अयोध्या प्रस्थान गर्ने बताएका थिए ।

भारत सरकारले अनुमति नदिएकाले अयोध्या जाने विशेष रेल सेवा रद्द भएको रेल्वे कम्पनीले जानकारी गराएको छ ।