३० कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रश्मिका मन्दनाको डिपफेक भिडियो बनाउने व्यक्ति पक्राउ



अ+ अ-

एजेन्सी । शनिबार दिल्ली पुलिसले साउथ अभिनेत्री रश्मिका मन्दनाको डीपफेक भाइरल भिडियो प्रकरणमा एक आरोपीलाई पक्राउ गरेको दाबी गरेको छ । प्रहरीले विगत केही दिनदेखि यस विषयमा अनुसन्धान गरिरहेको थियो ।

‘एनिमल’ अभिनेत्री रश्मिकाको अनुहार ब्रिटिश प्रभावशाली जारा पटेलको साथमा अभियुक्तले जोडेको थियो । यस मामिलामा अभिनेत्रीले १० नोभेम्बर २०२३ मा एफआईआर दर्ता गराएकी थिइन् ।

प्रहरीले पक्राउ गरेको अभियुक्त यस घटनाको मुख्य योजनाकार रहेको बताइएको छ । अभियुक्त विगतमा पनि साइबर अपराधका धेरै घटनामा संलग्न भइसकेको खुलेको छ ।

आधिकारीक विज्ञप्तिमा प्रहरीले अभियुक्तको बारेमा पत्रकार सम्मेलन समेत गरेको छ । डीसीपी इकाईका हेमन्त तिवारीले अभियुक्तको उमेर २४ वर्ष रहेको बताए, जसको नाम इमानी नवीन हो । उनलाई आन्ध्र प्रदेशको गुन्टुरबाट पक्राउ गरिएको हो ।

प्रहरीले आरोपीको फोन र ल्यापटप बरामद गरेको छ । उनी रश्मिका मन्दनाको फ्यान पेज चलाउँछन् । प्रहरीले सबै तथ्याङ्क र प्रमाण संकलन गरेको छ । अचम्मको कुरा के छ भने आरोपी इन्जिनियरिङका विद्यार्थी हुन् ।