२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइगर कपः फकर उद्धिन र निरुता उत्कृष्ट खेलाडी



अ+ अ-

पोखरा । टाइगर कप भलिबल प्रतियोगिताको उपाधि हेल्प नेपाल स्पोर्टस क्लब र एपिएफ क्लबले जितेका छन् ।

शनिबार भएको फाइलन खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई ३–१ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो । यस्तै महिला तर्फ एपिएफले उपाधिमा ह्याट्रिक गर्यो ।

चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमलाई ३–० ले हराउँदै एपिएफले लगातार तेस्रो पटक उपाधि जितेको हो ।

महिला तर्फ उत्कृष्ट खेलाडी एपिएफकी निरुता ठगुन्ना भइन् भने पुरुष तर्फ हेल्प नेपालका फकर उद्धिन उत्कृष्ट खेलाडी बने । दुबैले नगद २५र२५ हजारसहित ट्रफि समेत प्राप्त गरे ।

महिलातर्फ
सर्वोत्कृष्ट – निरुता ठगुन्ना (एपिएफ)
उत्कृष्ट
स्पाइकर– सरस्वती चौधरी (एपिएफ)
सर्भर – बाल्मिका आचार्य (न्यु डायमण्ड)
सेटर – जिस्मिता महतो (एपिएफ)
ब्लकर – सुनिता खड्का (आर्मी)
लिबेरो – सलिना श्रेष्ठ (न्यु डायमण्ड)
प्रशिक्षक – महेश चौधरी (एपिएफ)

पुरुषतर्फ
पुरुषतर्फ– फकर उद्धिन (हेल्प नेपाल)
उत्कृष्ट
स्पाइकर – मजहर अली (हेल्प नेपाल)
सर्भर – हिमाल सुनारी (गण्डकी)
सेटर – मोहम्मद (हेल्प नेपाल)
ब्लकर – रामश्वामी अगामुटो (गण्डकी)
लिबेरो – दीपक थापा (हेल्प नेपाल)
प्रशिक्षक – उत्सव खड्का (हेल्प नेपाल)

यो पनिः टाइगर कपको उपाधि हेल्प नेपाललाई