• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo

तीन छक्का हान्नेबित्तिकै रोहितले धोनीलाई पछि पार्नेछन्



एजेन्सी । अफगानिस्तानविरुद्धको तीन खेलको टी–२० सिरिज जितेर रोहित शर्मा अहिले इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिजको तयारीमा व्यस्त छन् ।

इंग्ल्याण्डले जनवरी २५ मा भारतमा पाँच टेस्टको सिरिज खेल्नेछ । यो सिरिजमा रोहित शर्मासँग भारतीय पूर्व कप्तान एमएस धोनीको कीर्तिमान ध्वस्त गर्ने सुनौलो मौका छ ।

रोहित शर्माले इंग्ल्याण्डविरुद्ध ३ छक्का प्रहार गरे भने उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतका कप्तान बन्नेछन् । अहिले यो सूचीमा पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनी पहिलो स्थानमा छन् । धोनीलाई पछाडि छोड्न रोहित शर्मा मात्र तीन छक्का टाढा छन् ।

धोनीले कप्तानको रूपमा ३११ इनिङ्समा २११ छक्का प्रहार गरेका छन् । योसँगै रोहित शर्माले अहिलेसम्म ११६ इनिङ्समा २०९ छक्का प्रहार गरेका छन् । विराट कोहली २५० इनिङ्समा १३८ छक्कासहित तेस्रो स्थानमा छन् ।