५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको मौसम: हल्का वर्षा र हिमपातको सम्भावना



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बदली र हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज काठमाडौँको आकाश आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको छ ।

“पहाडी भूभागहरुमा बदलीको अवस्था रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । तर, वर्षाको सम्भावना कमै रहेको छ । तराईको भूभागको हुस्सु तराईको पश्चिम भेगबाट हट्दै गएको छ । ठूलो वर्षा गराउने मौसमी प्रणाली छैन”, मौसमविद् मानन्धरले भन्नुभयो ।

तराईतिर हुस्सु कुहिरो लागेकाबेला चिसो बढ्ने तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली र हल्का हिमपातको सम्भावना रहेकाले चिसो बढ्ने उहाँले उल्लेख गर्नुभयो । मौसमविद् मानन्धरले यो महिना बढी चिसोको समय भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नुभयो ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले माघ ५ देखि ११ गतेसम्मका लागि जारी गरेको साप्ताहिक कृषि, मौसम पूर्वानुमानअनुसार यो साताभरि पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ । कर्णाली प्रदेशको हिमाली भूभागमा साताको मध्य र अन्त्यमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेशको हिमाली भूभागमा साताको सुरु र अन्त्यमा एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातका साथै थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । साताको मध्य र अन्त्यमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका अधिकांश स्थानको अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको छ । देशका तराई भूभागमा हल्कादेखि मध्यम साथै एक–दुई स्थानमा बाक्लो हुस्सु लाग्ने तर उक्त हुस्सु मध्याह्न वा अपराह्नसम्ममा क्रमिकरुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।