४ आश्विन २०८१, शुक्रबार
,
Latest
सुरु भयो पदयात्राको याम संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमनत्री ओली अमेरिका प्रस्थान ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो मंगोलियामा अचानक तापक्रम घटेसँगै भारी हिमपात, जनजीवन प्रभावित तनहुँमा पनि स्ट्रबेरी खेती
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्ती धपाउन स्थानीयवासीलाई साइरन



फाईल फोटो
अ+ अ-

झापा । दैनिकजसो गाउँ पसेर जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेपछि शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ । जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मान्छेलाई आक्रमण गर्न थालेपछि वडाले हात्ती धपाउन साइरन वितरण गरेको हो ।

वडाध्यक्ष सन्त फेउदिनले राजमार्गको उत्तरतर्फबाट रतुवामाई वृक्षरोपण आयोजना हुँदै झिलझिले, डुँडामारी र धरमपुर चोकबाट गाउँ पसेर हात्तीले स्थानीयवासीको घर भत्काउने तथा अन्नबाली नष्ट गर्न थालेपछि बिहीबार १० थान साइरन वितरण गरिएको जानकारी दिनुभयो । उहाँले सो क्षेत्रमा धेरै जनधनको क्षति भएकाले हात्ती धपाउनका लागि साइरन वितरण गरिएको बताउनुभयो ।

“साइरन बजेपछि हात्ती गाउँ प्रवेश गरेको स्थानीयवासीलाई जानकारी हुन्छ र सतर्कता अपनाउँछन्”, वडाध्यक्ष फेउदिनले भन्नुभयो, “साइरनको आवाजले हात्ती पनि भाग्छ ।” उहाँले तत्काल जङ्गल छेउका नागरिकलाई साइरन वितरण गरिएको बताउनुभयो ।

फेउदिनका अनुसार शिवसताक्षी नगरपालिकाको उत्तर क्षेत्रको जङ्गलमा हाल १० हात्ती छन् । उहाँले सो क्षेत्रका बासिन्दालाई साइरनसँगै आठ थान टर्चलाइटसमेत वितरण गरेको बताउनुभयो ।

गएको दुई महिनादेखि शिवसताक्षीको वडा नं १, ८, ९, १० र ११ का जङ्गलसँग जोडिएका क्षेत्रमा हात्तीले आतङ्क मच्चाउँदै आएका छन् । हालसम्म शिवसताक्षीमा मात्र जङ्गली हात्तीको आक्रणबाट दुई वर्षमा तीन जनाको ज्यान गइसकेको छ । रासस