• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी

स्वार्थ बाझिने गरी क्यानको महाप्रवन्धक नियुक्ति भएको भन्दै असन्तुष्टि



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक नियुक्ति गलत प्रक्रियाबाट भएको भन्दै असन्तुष्ट पक्षले आरोप लगाएको छ ।

असन्तुष्ट पक्षका नवराज कोईरालाले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो आरोप लगाएका हुन् । कोईराला पनि सो नियुक्त प्रक्रियाका क्रममा प्रतिष्पर्धीका रूपमा सहभागी हुनुभएको थियो । तर सो पदमा नियुक्ति गर्दा ‘कन्फ्लिक्ट अफ इस्ट्रेस्ट’ (स्वार्थ बाझिने किसिम) बाट भएको कोईरालाले आरोप लगाउनु भयो । महाप्रवन्धक छनोट समितिमा क्यानका अध्यक्ष चन्द, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल थिए । उक्त नियुक्ति ७२ घण्टाभित्र नसच्याए क्यान र क्यान सचिव पारस खड्काबिरुद्ध सर्वोच्च अदालत जाने धम्की दिनुभयो ।

असन्तुष्ट कोईरालाले बलियो नेपालमा रहेका सदस्यले नै नियक्ति पाउँदा उनलाई छनोट गर्ने व्यक्तिमध्ये दुई जना नै सोही संस्थाको सदस्य रहेको सार्वजनिक गर्नुभयो । क्यानका सचिव पारस खड्का, पोखरेल दुवै बलियो नेपालको संस्थापक रहेको र त्यही संस्थामा आवद्ध व्यक्तिलाई नै महाप्रवन्धकका लागि छनोट गरिएको उहाँको आरोप छ । क्यानले सोमवार उत्सव ढुंगानालाई महाप्रवन्धकमा नियुक्त गरेको थियो । कोईरालाले सो संस्थामा काम गरेको यसअघि नै सार्वजनिक भइरहेको थियो ।

बलियो नेपालको सहकार्यमा पारसले नै बलियो कप क्रिकेट गर्दैै आएका थिए । त्यसैले कोईरालाले महाप्रवन्धक छनोट प्रक्रिया नै शंकास्पद रहेको बताउनु भयो । असन्तुष्ट कोईरालाले शनिवारको दिन सरकारी संस्था क्यानको महाप्रवन्धक पदको अन्तर्वार्ता लाजिम्पटको होटलमा किन ? क्यानको कार्यालय छैन ? कार्यालय खुल्ने दिन किन नलिएको ? लगायत प्रश्न गरेका छन् । उनले महाप्रवन्धका लागि लिखितमा सोधेको प्रश्नको स्तर सामान्य कर्मचारीलाई सोधे जस्तो र जुन प्रश्नबाट महाप्रवन्धक कसरी छनोट हुन्छ ? भन्दै कोईरालाले प्रतिप्रश्न गर्नुभयो ।

कुल ६१ आवेदनबाट सर्ट लिस्ट गरी अन्तर्वार्ता लिएर क्यानले ढुंगानालाई नियुक्त गरेको थियो । ६ महिनाअघि जनरल म्यानेजर वृतान्त खनालले राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको थियो । तर, नियुक्ति भएपछि पनि विवादमा परेको छ ।

क्यानले महाप्रवन्धक लागि दोस्रो पटक आवेदन माग गरेको थियो । क्यानमा नयाँ नेतृत्व आएसँगै पुरानो प्रक्रियाबाट छनोट भएकालाई रद्द गरेको थियो । तर, त्यो विवादमा परेपछि पुरानोसहित कुल ६८ जनाले महाप्रवन्धकका लागि आवेदन दिएका थिए । त्योमध्ये सर्ट लिस्टमा १४ जना परेको र अन्तर्वार्तामा सात जनालाई बोलाएको थियो ।