• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सन्दीपको मुद्दामा बहस सकियो, सजाय केहीबेरमा तोकिने



काठमाडौँ । बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आज सजाय निर्धारणका लागि बहस भएको हो ।

केहीबेरमै लामिछानेमाथि सजाय तोकिनेछ । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो ।

जाहेरवालापक्षले अधिकतम तथा सन्दीपका वकिल पक्षले न्यूनतम सजाय माग गर्दै बहस भएको थियो ।