• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

एकनाथ ढकालले भेटे एमाले अध्यक्ष ओलीलाई



काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । ढकाल ओली निवास बालकोट पुगेर उनीसँग भेट गरेका हुन् ।

ओलीसँगको भेटमा समसामयिक राजनीति, संसदमा प्रतिपक्षको भूमिका, राष्ट्रियताको संवर्द्धन तथा नेपालको अन्तराष्ट्रिय सम्बन्धका बहुआयामिक बिषयमा कुराकानी भएको परिवार दलका महामन्त्री सन्तोष पौडेलले बताए ।

प्रतिनिधि सभाका सदस्य ढकाल अन्तराष्ट्रिय सम्बध तथा पर्यटन समिति सदस्य हुन् ।