• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड

कामपामा मंसिर मसान्तसम्म १ लाख १९ हजार करदाताले बुझाए कर



काठमाडौँ । मंसिर मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाका, १ लाख १९ हजार ४५९ जना करदाताले कर तिर्नुभएको छ । यसरी तिरिएको करबाट २ अर्व ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपैयाँ राजस्व संकलन भएको छ ।

यसमा ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता हुनुहुन्छ । यस बर्ष करदाताको संख्या ३ लाख ४३ हजार ६४० हो । गएको आर्थिक बर्षको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आर्थिक बर्षका लागि करदाताको संख्या मान्ने गरिएको छ । सोमबार बसेको राजस्व परामर्श समितिको बैठकमा सदस्य सचिव ध्रुव काफ्लेले करदाता र कर तिर्ने अभ्यासका विषयमा विवरण पेश गर्नुभएको हो ।

गएको बर्ष (आ. व. २०७९/०८०) मा ३ लाख २४ हजार १२० जना करदाता हुनुहुन्थ्यो । उहाँहरुमध्ये आर्थिक बर्षभरिमा १ लाख ९१ हजार ८८६ जनाले कर तिर्नुभयो । १ लाख ३२ हजार २३४ कर नतिर्ने करदाताको संख्या हो ।

सोमबार ३ करोड ९४ लाख ५१ हजार राजस्व संकलन भयो । चालु आर्थिक बर्षको यस अवधिमा आन्तरिक आय, वाँडफाँडबाट प्राप्त राजस्व र समानीकरण, सशर्तजस्ता आन्तरिक अनुदानबाट प्राप्त गरी ४ अर्व ५१ करोड ५२ लाख ८१ हजार ९४७ रुपैयाँ जम्मा भएको छ । यो लक्ष्यको ४१.७८ प्रतिशत हो ।

समितिमा पेश भएको विवरण सुनेपछि समितिकी संयोजक एवं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, पुस मसान्तभित्र दिइएको छुटका बारेमा करदातालाई जानकारी दिएर सुविधामा पहुँच पुर्‍याउन विभागलाई आग्रह गर्नुभयो । ‘परिचय पाटीको आकार प्रकार र त्यसमा लगाइने शुल्कका विषयमा समय समयमा प्रश्न उठ्ने गरेको छन् । यी सवालहरु किन आएरहेका हुन्, साझेदारको भनाइ के छ, छलफल गरेर सुझाव लिनू ।’ डंगोलले विभागलाई जिम्मेवारी दिनुभयो ।

बैठकमा बहाल कर संकलनका विषयमा छलफल गर्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट पालिकाले मात्र यो कर उठाउन पाउने विषयमा भएको निर्णय कार्यान्वयनका लागि पुन: पत्राचार गर्न शिफारिस गर्ने निर्णय भएको छ । यस अघि महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले नेपालको संविधान २०७२ को अनुसूची ८ को क्रमसंख्या ४, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३ अनुसूची ३ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५७ को व्यवस्थाबमोजिम बहाल कर संकलन गर्ने पालिकाको मात्र अधिकार रहेको उल्लेख गर्दै संघ सरकारबाट संकलन हुँदै गरेको यस शीर्षकको कर स्थानीय सरकारबाट उठाउने प्रबन्धका लागि पत्राचार गर्नुभएको थियो ।

यसपछि आयोगले गएको असार १८ गते यस विषयमा निर्णय गर्दै करदातालाई दोहोरो कर नपर्ने गरी स्थानीय सरकारबाट मात्र संकलन हुने प्रबन्धका लागि अर्थ मन्त्रालयमार्फत लेखी पठाउने भनेको थियो । बहाल कर सम्बन्धी यस व्यवस्था कार्यान्वयनका सम्बन्धमा सरकारबाट कुनै पनि जानकारी नआएकोले ध्यानाकर्षणका लागि पुन: पत्राचार गर्ने निर्णय भएको हो ।