१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

सूचना चलखेल विरुद्ध स्रोत पुस्तिका सार्वजनिक

सूचना चलखेल विरुद्ध स्रोत पुस्तिका सार्वजनिक
अ अ+ अ-

काठमाडौं : सूचना चलखेल विरुद्ध केन्द्रित स्रोत पुस्तिका सार्वजनिक गरिएको छ । इन्टरनेशनल रिब्लिकन इस्टिच्यूट, नेशनल डेमोक्रेटिक इन्स्टच्यूट र स्ट्यानफोर्ड इन्टरनेट अब्जर्भेटरीले अंग्रेजीमा तयार पारेको कम्ब्याटिङ इन्फरमेसन म्यानिपुलेसन, ए प्लेबुक फर इलेक्सन एण्ड बियोण्ड नामको पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी राजधानीमा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

स्रोत पुस्तिकामा सूचनाको चलखेल लोकतन्त्रिक प्रकृयालाई प्रभाव पार्ने वा बाधा पुर्याउनका लागि सूचना संकलनदेखि प्रकाशन प्रसारणसम्म हस्तक्षेप गर्ने सुनियोजित रणनीतिलाई सूचनाको चलखेलको रूपमा परिभाषित गरिएको छ । पुस्तिकामा सूचनाको चलखेल गर्ने उपद्रवी पात्रहरु, सूचनाको चलखेल गर्नुको उद्देश्य, सूचनाको चलखेलले पार्ने प्रभाव, सूचनाको चलखेल हुने माध्यमहरु, सूचनाको चलखेललाई न्यूनीकरण गर्न गर्न चाल्नु पर्ने कदम लगायतबारे उल्लेख छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चारका उपप्राध्यापक ऋषिकेश दाहालले नेपालमा गरिएको अनुसन्धानले इन्टरनेटको पहूँचसँगै जानीबुझीकन अरुलाई नोक्सानी पुर्याउने नियतले मिथ्या सूचना फैलाउने क्रम बढेको जानकारी दिनुभयो ।

इन्टरनेशनल फाउन्डेसन फर इलेक्सन सिस्टमका सिनियर कन्ट्रि डाइरेक्टर बासु मोहनले निर्वाचनका बेला विश्वव्यापी रुपमा सूचनाको चलखेल बढी हुने गरेको बताउँदै त्यसलाई न्यूनीकरणका लागि अन्तरदेशिय पहल आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता पुस्तकको स्थानीय भाषामा उल्थाले सूचनाको चलखेल सम्बन्धी बहसलाई व्यापक बनाउन र निर्वाचनमा त्यस्ता चलखेलको प्रभाव कम गर्न सरोकारवालालाई प्रेरित गर्ने बताउनुभयो । सूचना चलखेलले लोकतान्त्रिक प्रक्रियामा पार्ने प्रभाव कम गर्न सबैको सामुहिक प्रयत्न जरुरी रहेको मोहनको भनाइ थियो ।

सिएमआर जर्नालिज एकाडेमीका निर्देशक उज्ज्वल आचार्यले सूचना चलखेल सम्बन्धी अन्तर्राष्ट्रिय क्षेत्रमा देखा परेका प्रवृत्तिहरु नेपालमा पनि देखिएकाले स्रोत पुस्तिकाले सूचनाको चलखेल न्यूनीकरणका लागि सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

इन्टरनेशनल रिब्लिकन इस्टिच्यूटका सिनियर प्रोग्राम म्यानेजर युवराज आचार्यले निर्वाचनका बेला सूचना चलखेल बढी हुने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्न सामूहिक प्रयास जरुरी रहेको बताउनुभयो ।

कार्यक्रमका सहभागीहरुले सूचना चलखेल र मिथ्या सूचनामा नेपालमा पनि चुनौतीका रुपमा देखा परेको बताएका थिए ।

सेन्टर फर मिडिया रिसर्च नेपालका कार्यकारी निर्देशक तिलक पाठकले नेपालमा सूचना चलखेलको न्यूनीकरणका लागि सेन्टरले फ्याक्ट चेकिङ, मिडिया तथा सूचना साक्षरता, तालिम, नीतिहरुमा बहस लगायत सञ्चालन गरेको जानकारी दिनुभयो ।