• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले

त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको सूचना रद्द



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले यसअघि गरेको दरखास्त आह्वानसहितको सूचना रद्द गरेको छ ।

समितिले गत शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो । खुला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्ने भनिए पनि उक्त सूचनामा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्ने पनि सूचनामा उल्लेख थियो ।

पदाधिकारीबाट उपकुलपति नियुक्त गरी फेरि भागबन्डा गर्न थालियो भन्दै विरोध भएपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले पकुलपतिमा दरखास्त दिन पूर्वपदाधिकारीको अनुभव नचाहिने व्यवस्था गर्न निर्देशन दिएका थिए । त्यसपछि समितिले शनिबार निर्णय गरेर यसअघिको सूचना रद्द गरेको जानकारी दिएको हो ।