२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत

इटालीको सबैभन्दा सुन्दर र श्रापित टापु, जसले हरेक मालिकको वंश नै नाश गरायो

इटालीको सबैभन्दा सुन्दर र श्रापित टापु, जसले हरेक मालिकको वंश नै नाश गरायो
अ अ+ अ-

एजेन्सी । संसारमा धेरै सुन्दर पर्यटकीय स्थलहरू छन् । यी स्वर्गभन्दा कम लाग्दैनन्, तर तीमध्ये धेरै रहस्यमय पनि छन् । इटाली आफ्नो सुन्दर र उत्कृष्ट पर्यटकीय गन्तव्यका लागि विश्वभर परिचित छ ।

यहाँ एउटा टापु छ, जुन सुन्दर र रहस्यमय पनि छ । यस टापुको नाम ‘गयोला’ हो जसलाई श्रापित टापु भनिन्छ । भनिन्छ कि यो टापु किन्ने व्यक्तिको मृत्यु हुन्छ वा उसको परिवार पूर्ण रूपमा नष्ट हुन्छ ।

यो सुन्दर र रहस्यमय टापु इटालीको नेपल्सको खाडीमा अवस्थित छ । यो टापु किन्ने व्यक्तिको जीवन ध्वस्त भयो । यसबाट यसको भयावहताको कल्पना गर्न सकिन्छ । यो टापु यति सुन्दर छ कि यसलाई देखेर जो कोही पनि आकर्षित हुन सक्छन् । यो सुन्दर टापु हेर्न हरेक वर्ष हजारौं पर्यटक यहाँ आउने गर्छन् तर डरका कारण यहाँबाट अँध्यारो हुनुअघि नै फर्किन्छन् ।

‘गयोला’ टापुको श्रापको कारण निकै डरलाग्दो छ । गायोला टापुको खरिदकर्ताको मृत्यु हुन्छ वा उसको व्यवसाय पूर्ण रूपमा नष्ट हुन्छ । लगातारका यस्ता घटनाका कारण मानिसहरूले यस टापुलाई श्रापित भन्न थाले । राती यो टापुमा जान कोही हिम्मत गर्दैनन् ।

१७ औं शताब्दीमा टापुमा थुप्रै रोमन कारखानाहरू थिए । पछि यो टापु नेपल्सको खाडीको सुरक्षाको लागि प्रयोग हुन थाल्यो । १९ औं शताब्दीको प्रारम्भमा, यस टापुमा एक पुजारी बस्थे, जसले माछा मार्नेहरूलाई मद्दत गर्थे । पुजारीलाई जादूगर पनि भनिन्थ्यो ।

सन् १८७१ मा माछा मार्ने कम्पनीका मालिक लुइगी नेग्रीले यो टापु किनेर यहाँ बंगला बनाएका थिए । यसपछि लुइगी नेग्रीको कम्पनी ध्वस्त भयो । २० औं शताब्दीमा, यस टापुको स्वामित्व विभिन्न मानिसहरूसँग रह्यो । गयोलाका मालिकहरूले धेरै समस्याको सामना गर्नुपरेको थियो । त्यसपछि यस टापुलाई श्रापित भनिन थाल्यो ।

सन् १९२० को दशकमा टापुका मालिक ह्यान्स ब्राउनको शंकास्पद परिस्थितिमा मृत्यु भएको बताइएको छ । उनको शव कार्पेटमा बेरिएको अवस्थामा फेला परेको थियो । त्यसको केही समयपछि उनकी श्रीमतीको समुद्रमा डुबेर मृत्यु भयो । त्यसैगरी विभिन्न कारणले यस टापुका सबै मालिकको मृत्यु भएको थियो ।