३० कार्तिक २०८१, शुक्रबार
,
Latest
छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इशिबाद्वारा प्रोत्साहनको तयारी राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक जारी नेपालको बिजुली आजदेखि बंगलादेश निर्यात सुरु सांसद बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेद्वारा नेका अनुसाशन समिति र संसदीय दलमा उजुरी ‘द ग्रेट इन्डियन कपिल शो’का निर्माताहरूलाई कानूनी सूचना दार्चुला जीप दुर्घटना अपडेटः घाइतेलाई सेनाको हेलिकप्टरमा धनगढी लगियो बेवारिसे नागरिकलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा छः सभामुख घिमिरे पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र मात्रै होः देउवा



तस्बिरः रासस
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रको प्रतिष्पर्धी अझ राम्रो लोकतन्त्र मात्रै भएको भन्दै यसको विकल्पबारे नसोच्न चेतावनी दिनुभयो । उहाँले नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताउनु भयो । सभापति देउवाले एकअर्काप्रति कडा प्रतिष्पर्धाका बीच नेपालमा राजनीतिक दलहरुबीच मेलमिलाप र एकता हुनु राम्रो पक्ष भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब अहिलेको बेलामा अत्यन्तै आवश्यकता छ । सानो देश हो यो । हाम्रो देशमा आफ्ना मतभेदहरु, पार्टीगत वैचारिक मतभेद, पार्टीका प्रतिष्पर्धाहरुदेखि लिएर हाम्रा आफ्ना कुरा छन् । नेपालमा एउटा राम्रो कुरा के छ भने सबै पार्टीहरु एक ठाउँमा बस्ने जुन संस्कार बनेको छ, सायद धेरै कम छन्, मान्छे छक्क पर्छन् । एउटा पार्टीको कार्यक्रममा अरु नेता आएको देख्दा विदेशबाट आउने मानिसहरु छक्क परेका हुन्छन् । प्रतिष्पर्धाका बाबजुत एकअर्काप्रति कडा प्रतिष्पर्धा हुन्छ, त्यसका बाबजुत पनि बोलीचाली, मेलमिलापको वातावरण छ, यो धेरै कम देशमा छ ।

बिपी कोईरालाले ल्याएको नीतिको मेलमिलाप र एकतामा प्रभाव छ । अहिले हाम्रो देशमा यसको आवश्यकता अझै बढेको छ । अनेक किसिमका बहाना खोज्नेहरु लोकतन्त्र, गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयास भइरहेको छ । लोकतन्त्रको निम्ति, लोकतन्त्रको प्रतिष्पर्धी अझ राम्रो लोकतन्त्र हो । लोकतन्त्रको विकल्प भनेकै लोकतन्त्र हो । यसको विकल्प छैन । लोकतन्त्र र गणतन्त्रको विकल्प अझ राम्रो गर्नु हो । कसैले पनि यसको विकल्प नसोचे हुन्छ, सबै एक हुनुपर्छ ।’

सभापति देउवाले सबै मिलेर एकता कायम गरी मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताउनु भयो ।