२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत

म काँग्रेस भित्र कुनै तरंग ल्याउने पक्षमा छैनः ओली

म काँग्रेस भित्र कुनै तरंग ल्याउने पक्षमा छैनः ओली
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ काँग्रेस भित्र आफूले चलखेल गर्न नचाहेको बताउनुभएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सत्तारुढ नेपाली काँग्रेसले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले काँग्रेस भित्र कुनै राजनीतिक तरंग ल्याउने इच्छा आफूमा नभएको टिप्पणी गर्नुभएको हो । अहिलेको राज्य संचालनमा आफ्नो भुमिकासँग सन्तुष्ट गरेको काँग्रेसको तलाउमा एउटा ढुंगा फुत्त फालि दिएर कुनै तरंग ल्याउने इच्छा नभएको ओलीको जिकिर थियो । अध्यक्ष ओलीले काँग्रेस सत्ताको अमनचैनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको बताउनु भयो । काँग्रस महामन्त्री विश्वप्रकाश शर्माले देशलाई आवश्यक नभएको ठूल्ठूला भ्यु टावर बनाएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्दै उहाँले काँग्रेसको नीति एकतले घर मात्रै बनाउने हो ? भनि प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेका राज्य सञ्चालनमा आफ्नो भुमिकासँग सन्तुष्ट रहेको नेपाली काँग्रेसको तलाउमा मैले एउटा ढुंगा फुत्त फालि दिएर कुनै तरंग ल्याउने मेरो इच्छा छैन । त्यसकारण म त्यतापट्टी बिल्कुलै जान चाहन्न । कुनै अमनचैनमा खलल पार्न पनि चाहन्न । त्यस सीमा भित्र मात्रै म बोल्छु । विश्वप्रकाशजीले अलिकति अग्ला घर किन बनाईस ? कलकत्ता जान गंगाको बाटो किन भनिस्, ट्रकने कुदाउनेपर्ने ठाउँमा पाईपलाईन अमलेखगंजमा किन ल्याईस ? टयांकर चलाउनुपर्ने ठाउँमा त्यो काम किन गरिस ? बयलगाडा चलाईराखेका थिए, हुलाकी राजमार्ग किन बनाईस ? त्यत्रो साँढे ८ लाख पुनर्निमित घरहरु त्यति छोटो अवधिमा बनाएर पीडितहरुलाई किन हस्तान्तण गरिस ? ठूला कुरा गर्ने । उहाँले आफ्नो प्रचलित शैलीमा ललकार्नु भयो । त्यसको पनि म जवाफ दिन्न । म त्यतापट्टी पनि जान चाहन्न । र, म कुनै विवादास्पद कुरा गर्न पनि आवश्यक ठान्दिन । यत्ति हो यो देश कहिलेकहिले खतरा आउँछ कि भनेर झस्किन्थेँ ।’

अध्यक्ष ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जिम्मेवार रहेको बताउनु भयो । मन्त्री ज्वाला पुगेपछि भीड उत्तेजित हुँदा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको ओलीको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘मान्छे मारिए किन ? मन्त्री त्यहाँ हुलमा गाडी लिएर किन जानु परेको ? नगई नहुने त्यहाँ के पर्यो? हुलमा गएर निहुँ खोजेर उत्तेजित बनाएर गोली चलाएर मान्छे मारिएको छ । यो सहज र सजिलो कुरा हो ? ’

अध्यक्ष ओलीले आफनो पार्टीले राष्ट्रियताको प्रश्न, मुलुकको सुशासन, समृद्धि र विकासको प्रश्नमा राजनीतिक दलहरुसँग मलेमिलाप गरेर अघि बढ्न चाहेको दोहो¥याउनु भयो ।