२ श्रावण २०८३, शनिबार
,
Latest
‘जहाँ अब स्टेथोस्कोप बोक्नेहरु हुनेछन्’ मुक्ति घोषणा भएको चार वर्षः हरवाचरवा समुदाय पहिचानबाट वञ्चित ‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता प्रदीप खड्काले सुरु गरे रेस्टुरेन्ट व्यवसाय



अ+ अ-

काठमाडौँ ।अभिनेता प्रदीप खड्काले रेस्टुरेन्ट व्यवसाय सुरु गरेका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर काठमाडौँस्थित गैरीधारामा उनले ‘प्याराडाइज गार्डेन रेस्टुरेन्ट’ सुरु गरेका हुन् ।

सो रेस्टुरेन्टमा आइतबार साँझ ‘न्यू इयर इभ २०२४’ कार्यक्रम समेत गरिएको थियो । उक्त अवसरमा प्रदीपले फ्यानहरूसँग प्रत्यक्ष साक्षात्कार कार्यक्रम राखेका थिए ।

फिल्म अभिनय सँगसँगै व्यवसायलाई पनि एकसाथ लैजाने योजनाले रेस्टुरेन्टमा जोडिएको प्रदीपको भनाई छ । २ करोडमाथिको लागतमा खुलेको रेस्टुरेन्टमा उनका केही पार्टनर पनि रहेका छन् ।

प्रदीप ‘प्रेम गीत ३’ र ‘प्रकाश’पछि अभिनयबाट ब्रेकमा छन् । उनी हाल ‘पूजार सार्की’, ‘एरी’, ‘एक्टर’ लगायत प्रोजेक्टमा व्यस्त छन् ।