३ आश्विन २०८१, बिहीबार
,
Latest
एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी च्याम्पियन्स लिगः पिएसजीको संघर्षपूर्ण जित इन्टरसँग बराबरीमा रोकियो सिटी ‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ ! पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२० करोडको बंगलाको मालिक बने जोन अब्राहम



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता जोन अब्राहम आफ्नो दमदार अभिनय र अदभुत फिटनेसका कारण बारम्बार चर्चामा हुन्छन् । जब जोन अब्राहम पर्दामा आउँछन्, फ्यानहरूले उनको प्रशंसा गर्न थाल्छन् । तर यसपटक अभिनेता आफ्नो अभिनय वा फिटनेसका कारण नभई एउटा खुसीको खबरका कारण चर्चामा आएका छन् ।

रिपोर्टको विश्वास गर्ने हो भने जोन अब्राहमले मुम्बईको एक पोश क्षेत्रमा ७५ करोड (१२० करोड रुपैयाँ)को बंगला किनेका छन् ।

मिडिया रिपोर्टका अनुसार जोन अब्राहम प्रोपर्टीजले मुम्बईको खार क्षेत्रको लिंकिङ रोडमा रहेको निर्मल भवन नामको बंगला खरिद गरेको छ । जोन अब्राहमको नयाँ बंगला ग्राउन्ड प्लस दुई तले ७,७७२ स्क्वायर फिटमा फैलिएको छ ।

इन्डेक्सट्यापडटकमका अनुसार जोन अब्राहमले यो सम्पत्ति प्रवीण नाथलाल शाह र परिवारबाट ७०.८ करोड भारुमा किनेका हुन् । समाचारका अनुसार जोनले २७ डिसेम्बरमा बंगला दर्ता गरेका थिए । यससँगै बंगलाको दर्ता स्ट्याम्प शुल्कमा ४.२५ करोड रुपैयाँ खर्च भएको छ ।

लिंकिङ रोडको यस क्षेत्रमा धेरै ठूला व्यापारीहरू बस्छन् र यहाँ सम्पत्तिको मूल्य आकाश छुन्छन् । प्रीति जिन्टादेखि सलमान खानसम्मको पनि यस क्षेत्रमा सम्पत्ति छ । तर, जोन अब्राहम लिकिङ रोडमा रहेको यो बंगलामा के गर्न लागेका छन् भन्नेबारेमा केही खुलाइएको छैन ।

जोन अब्राहम ती बलिउड व्यक्तित्वहरूमध्ये एक हुन् जसले रियल स्टेटमा ठूलो रकम लगानी गरेका छन् । २००९ मा, अभिनेताले युनियन पार्क (मुम्बई) नजिकै एक प्लट पनि किनेका थिए ।