१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२० करोडको बंगलाको मालिक बने जोन अब्राहम



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता जोन अब्राहम आफ्नो दमदार अभिनय र अदभुत फिटनेसका कारण बारम्बार चर्चामा हुन्छन् । जब जोन अब्राहम पर्दामा आउँछन्, फ्यानहरूले उनको प्रशंसा गर्न थाल्छन् । तर यसपटक अभिनेता आफ्नो अभिनय वा फिटनेसका कारण नभई एउटा खुसीको खबरका कारण चर्चामा आएका छन् ।

रिपोर्टको विश्वास गर्ने हो भने जोन अब्राहमले मुम्बईको एक पोश क्षेत्रमा ७५ करोड (१२० करोड रुपैयाँ)को बंगला किनेका छन् ।

मिडिया रिपोर्टका अनुसार जोन अब्राहम प्रोपर्टीजले मुम्बईको खार क्षेत्रको लिंकिङ रोडमा रहेको निर्मल भवन नामको बंगला खरिद गरेको छ । जोन अब्राहमको नयाँ बंगला ग्राउन्ड प्लस दुई तले ७,७७२ स्क्वायर फिटमा फैलिएको छ ।

इन्डेक्सट्यापडटकमका अनुसार जोन अब्राहमले यो सम्पत्ति प्रवीण नाथलाल शाह र परिवारबाट ७०.८ करोड भारुमा किनेका हुन् । समाचारका अनुसार जोनले २७ डिसेम्बरमा बंगला दर्ता गरेका थिए । यससँगै बंगलाको दर्ता स्ट्याम्प शुल्कमा ४.२५ करोड रुपैयाँ खर्च भएको छ ।

लिंकिङ रोडको यस क्षेत्रमा धेरै ठूला व्यापारीहरू बस्छन् र यहाँ सम्पत्तिको मूल्य आकाश छुन्छन् । प्रीति जिन्टादेखि सलमान खानसम्मको पनि यस क्षेत्रमा सम्पत्ति छ । तर, जोन अब्राहम लिकिङ रोडमा रहेको यो बंगलामा के गर्न लागेका छन् भन्नेबारेमा केही खुलाइएको छैन ।

जोन अब्राहम ती बलिउड व्यक्तित्वहरूमध्ये एक हुन् जसले रियल स्टेटमा ठूलो रकम लगानी गरेका छन् । २००९ मा, अभिनेताले युनियन पार्क (मुम्बई) नजिकै एक प्लट पनि किनेका थिए ।