• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

सनी देओलले ‘एनिमल’मा बबी देओलले कुटाइ खाएको देख्न सकेनन्, बीचमै थिएटर छोडेर निस्किए



एजेन्सी । यो वर्ष देओल परिवारका लागि निकै विशेष रह्यो । सनी देओलले ‘गदर २’ जस्ता सुपरहिट फिल्म दिएका थिए भने उनका भाइ बबी देओलको फिल्म ‘एनमिल’ले बक्स अफिसमा धेरै रेकर्ड तोडेको थियो ।

हालैको एक अन्तर्वार्तामा सनीले बबीको बारेमा कुरा गरेका छन् । बबीले कहिल्यै पनि इन्डस्ट्रीमा आफ्नो योग्यता नपाएको उनले बताए ।

चलचित्र ‘एनिमल’ को अन्तिम दृश्यमा बबीको मृत्यु भएको नदेखेको र फिल्म छाडेर थिएटरबाट निस्किएको पनि उनले बताए ।

एनडीटीभीलाई दिएको अन्तर्वार्तामा बबीको करियरको बारेमा कुरा गर्दै सनीले भने, ‘प्रकाश झाको सिरिज ‘आश्रम’ बबीको करियरको टर्निङ प्वाइन्ट थियो । म उनको लागि धेरै खुसी छु । अब म भन्न सक्छु कि मानिसहरू उनीप्रति इमानदार थिएनन् । म आफ्नो बारेमा कुरा गर्न सक्दिन, तर म निश्चित रूपमा उनको बारेमा कुरा गर्न सक्छु । मानिसहरूले उसलाई प्यारो केटा भन्थे तर उसको लागि केही गरेनन् । उनको क्षमता सबैलाई थाहा थियो तर सबैको अगाडि आउन दिएनन् ।’

फिल्म एनिमलको बारेमा कुरा गर्दै सनीले भने, ‘बबीको फिल्मलाई मानिसहरूले धेरै माया दिए तर मैले पूर्ण रूपमा हेर्न सकिन । यद्यपि म आफैं मेरा फिल्महरू पूर्ण रूपमा हेर्न नसक्ने भए पनि बबीलाई एनिमलमा मरेको देखेर म आफ्नो सिटबाट उठेर थिएटरबाट बाहिर आएँ । मैले त्यो सबै देख्न सकिन ।’