• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश

‘तमु ल्होसारले धर्म, संस्कृति, र परम्पराको संरक्षणमा लाग्न प्रेरित गरेको छ’



फाईल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायको पर्व ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा नेपाली कांग्रेस र आफ्नोे व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

सभापति देउवाले तमु जातिले नयाँ वर्षको रुपमा मनाउने ल्होसारले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको बताउनुभएको छ ।

यस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउने उहाँले आज जारी गर्नुभएको सन्देशमा उल्लेख छ । सन्देशमा उहाँले तमु ल्होसारले धर्म, संस्कृति, र परम्पराको संरक्षणमा लाग्न प्रेरित गरेको बताउनुभएको छ । रासस