६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा उज्यालो सहर अभियान



अ+ अ-

चितवन । भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान  सुरु गरिएको छ ।  भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो ।

अभियान अन्तर्गत ७८ दशमलब १ किलोमिटर सडक क्षेत्रमा एक हजार ९३३  बत्ती जडान गरिने छ । महानगर प्रमुख रेनु दाहालका अनुसार मूल्य अभिवृद्धि करसहित  रु ११ करोड ४९ लाख ८९ हजार ३०० ठेक्का सम्झौता भएसँगै सेफ स्टिल-सूर्योदय ऊर्जा-टपशन जेभिले शुक्रनगरबाट काम सुरु भएको हो 

अगामी वैशाखसम्म काम सम्पन्न हुने जनाइएको छ । उहाँले भन्नुभयो, “सुरक्षा र सुन्दरताको दृष्टिकोणले भरतपुरलाई  उत्कृष्ट सहर बनाउन ‘उज्यालो सहर’ अभियान सहयोगी बन्ने छ ।” महानगरका मुख्य सहरी क्षेत्र जिल्ला प्रशासन, हाकिम, चौबिसकोठी, वीरेन्द्र क्याम्पस, सहिद, पुलचोक, पोखरा बसपार्क दियालो बङ्गला र मालपोत चोकमा हाईमास्ट बत्ती जडान गरिँदै छ । बाँकी सडकलाई स्मार्ट बत्ती जडान गरेर झिलिमिली बनाइने योजना छ । 

 उहाँले भन्नुभयो, “अन्य पूर्वाधारको निर्माणसँगै सुन्दरता र सहजताका लागि भरतपुर महानगरमा यस अनिर्वाय थियो ।” अन्य प्रमुख सडकको समेत सर्वे गरेर प्राधिकरणमा पठाइएको उहाँले बताउनुभयो । यस अभियान अन्तर्गतको बत्ती जडान योजनामा महानगरको १० प्रतिशत साझेदारी छ ।

विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलले उज्यालो सहर अभियानमार्फत महानगरमा रातका समयमा यात्रु र सवारी साधनको आवतजावत सहज बनाउन सडक बत्ती जडान सुरु  गरिएको जानकारी दिनुभयो ।  हाकिम चोक–गीतानगर–जगतपुर सडक खण्डको १८ दशमलब ४६ किलोमिटर सडकमा ४०१ सडक बत्ती जडान हुनेछन् । 

चौबिसकोठीदेखि मेघौलीसम्म २३ दशमलब ८ किमीमा ५६९, मङ्गलपुरदेखि शुक्रनगर सम्मको २२ दशमलब १३ किमीम ६५२, पुल्चोकदेखि दियालो बङ्गलासम्मको २ दशमलब ४२ किमीमा सडक खण्डमा ५८  सडक बत्ती जडान हुने छ  । यसैगरी दियालोबङ्गलादेखि जिल्ला प्रशासन कार्यलयसम्मको ७ दशमलब ८६ किमीमा १६५, बसेनीबजारदेखि लामाटोलसम्मको २ दशमलब १७ किमीमा ५० र वीरेन्द्र क्याम्पस चोकदेखि विशालचोकसम्मको १ दशमलब २६ किमीमा ३८ स्मार्ट सडक बत्ती जडान गरिनेछ । अन्य क्षेत्रमा क्रमशः यस किसिमका बत्ती जडान गर्दै जाने उहाँको भनाइ छ । रासस