२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको आग्रहः बालकुमारी घटनाका परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी र राहत दिनुपर्छ



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा ज्यान गुमाउने युवाका परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी र राहत दिनुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले बालकुमारी घटनामा ज्यान गुमाएकाको परिवारजनका पीडाका खबर पढेर आफ्नो मन बेचैन भइरहेको जनाउँदै सरकारसमक्ष यस्तो आग्रह गर्नुभएको हो ।

यस्तै, अध्यक्ष ओलीले छानबिन समिति बनाउने र छानबिनको प्रतिवेदन घर्रामा थन्क्याउने गल्ती नहोस् भन्दै सचेत समेत गराउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘बालकुमारी घटनामा ज्यान गुमाएका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको परिवारजनका पीडाका खबर पढेर मन बेचैन भइरहेको छ । छोरा सुजनको अनायास हत्यापछि उनकी विधवा आमाको अवस्थाले मन पोल्छ । कोरिया जाने तयारीमा रहेका सन्तानको हत्याबाट आहत परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी र राहत दिनुपर्छ। छानबिन समिति बनाउने र छानबिनको प्रतिवेदन घर्रामा थन्क्याउने गल्ती नहोस्।’