१४ भाद्र २०८३, आईतवार
,
Latest
यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेनले भने– ‘यो देशले सज्जनलाई लाचार बनाउँछ’



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बालकुमारी घटनालाई लिएर देशले सज्जनलाई लाचार बनाउने टिप्पणी गरेका छन् ।

शुक्रबार राती सामाजिक सञ्जालमा एक कविता लेख्दै मेयर बालेनले यो देशले सज्जनलाई लाचार बनाउने टिप्पणी गरेका हुन् । यस्तै, लाचारलाई मर्न बाध्य बनाइने उनले कवितामार्फत जनाएका छन् ।

यस्तो छ बालेनको कविता

यो देशले सज्जनलाई लाचार बनाउँछ,

लाचारलाई मर्न बाध्य बनाउँछ ,

मर्न नसकेकोलाई अपराधी बनाउँछ,

अपराध पछि आफू उठ्ने माध्यम बनाउँछ।

यो देशले मुर्दाघर बनाउँछ,

बाच्ने ठाउँ दिँदैन ,

परिस्थितिले लासको दर बनाउँछ,

मान्छेलाई भाउ दिँदैन।

शुक्रबार ईपिएस भाषा परीक्षा दिन माग गर्दै बालकुमारीमा युवाहरू प्रदर्शनमा उत्रिका थिए । प्रदर्शनका क्रममा दुई युवाको ज्यान समेत गएको थियो ।