३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगको फाइनल आज, उपाधिका लागि धनगढी र ललितपुर भिड्दै



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को फाइनल आज शनिबार हुँदैछ ।

उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटी एफसीले प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।

यसअघिको साविक विजेता समेत रहेको धनगढीले पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

यता, ललितपुरले भने एलिमेनेटरमा काठमाडौँलाई ३–० गोलले तथा क्वालिफायर २ मा पोखरालाई २–१ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो ।

विजेता टोलीले ७० लाख प्राप्त गर्नेछ भने उपविजेताले २० लाख पुरस्कार प्राप्त गर्नेछ । यस संस्करणको एनएसएलमा ९ टोलीले सहभागिता जनाएका थिए ।