२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन

सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर

सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर
अ अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने जबरजस्ती करणीमा दोषी ठहर भएका छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।

दोषी लामिछानेको सजाय भने पुस २५ गतेको पेसीबाट निर्धारण हुनेछ । अदालतले किशोरी नाबालिग नरहेको ठहर गरेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘परिवर्तित नाम गौशाला २६ (६) २०७९/०८० को जाहेरीले बादी नेपाल सरकार प्रतिवादी सन्दीप लामिछाने भएको जबरजस्ती करणी मुद्दामा ८ गतेदेखि लगातार सुनुवाई भइ बहस भएको थियो । परिवर्तित नाम गौशाला २६ (६)२०७९/०८० को जाहेरी दर्खास्त प्रतिवादी सन्दीप लामिछानेको बयान परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९/०८० राजन राणा,बाबुकाजी थापा मग, सविन श्रेष्ठ, अनिष श्रेष्ठ, समिर पुरी, सन्तोषप्रसाद अधिकारी, लालबहादुर बानियाँ, सहजाद आलम, देव खनालसमेतले गरिदिएको घटना विवरण कागज र निजहरुको वकपत्र लगायत संलग्न सिसिटिभि फुटेजको आधारमा परिवर्तित नामा गौशाला २६ (६) (१) २०७९/०८० तथा प्रतिवादी सन्दीप लामिछानेले काठमाडौंदेखि नगरकोट गइ पुनः काठमाडौं आइ होटल काठमाडौंको एउटै कोठामा बसेको देखिन्छ । सो कुरामा वादी, प्रतिवादीको विवाद रहेको समेत देखिँदैन ।

राती एउटै कोठामा बसेको अवस्था देखिएको सो समयमा परिवर्तित नाम गौशाला २६ (६) (१)२०७९/०८०ले करणी भएको भनेको र परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९÷०८० तथा प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलापको घटनाक्रम समेतले विचार गर्दा प्रतिवादी तथा परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९/०८० का बीचमा करणी भएको देखियो । रालुका गाविस नुवाकोटको बसाईंसराई दर्ता रजिष्टार शंखरापर नगरपालिका काठमाडौंको बसाईसराई दर्ता किताव, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको डेलिभरि रजिष्टर, परिवर्तित नाम गौशाला २६ (६) २०७९/०८० को वकपत्र, तादि गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय, नुवाकोटको मिति २०८०/५/०५ गते तथा मिति २०७९/७/२९ गतेको पत्र तथा सो साथ संलग्न प्रमाणसमेतबाट परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९/०८० को जन्ममिति २०६१/३/१८ मा भएकोदेखि बलात्कार हुँदाका दिन निजको उमेर १८ वर्ष पुगिसकेको देखियो ।

१८ वर्ष उमेर पुगेको परिवर्तित नाम गौशाला २६ (६) (१) २०७९/०८० नाजुक आर्थिक अवस्था समेतको फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहीता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको ठहर छ ।

सो संहीताको दफा २१९ (३) (घ) बमोजिमको कसुर कायम गरी सजाय गरिपाउँ भन्ने अभियोग दाबी सो अर्थमा पुग्न सक्दैन । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा (न) बमोजिम सजाय निर्धारण सुनुवाईको लागि २०८०/९/२५ गते पेशी तोक्ने । सो मिति अगावै वादी प्रतिवादी तथा जाहेरवाला पक्षका कानून व्यवसायीबाट सजायपूर्वको प्रतिवेदन तथा पीडितलाई बढाउनुपर्ने क्षतिपूर्तिको रकम र सोको आधार समेत पेस गर्नु ।’

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।