• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

रवि लामिछानेमाथि खोया प्रहार गर्नेलाई १० दिन हिरासतमा राखिने



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने व्यक्तिलाई कास्की प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ ।

सभापति लामिछानेलाई खोया प्रहार गर्ने लमजुङका सन्तोष रानाभाटलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको हो।

लमजुङका सन्तोष रानाभाटले शनिबार पोखरा अंमरसिंह चौरमा चलिरहेको रास्वपाको आम सभामा बोल्दै गरेको सभापति रवि लामिछानेलाई खोया प्रहार गरेका थिए ।

सभापति लामिछानेले युवकले प्रहार गरेको खोया आफ्नो सपना पूरा नभएसम्म घरमै सझाएर राख्ने घोषणा गरेका थिए ।