५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार नेप्से परिसूचक १४.५८ अंकले ओरालो



अ+ अ-

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचकमा साताको अन्तिम कारोबारका दिन बिहीवार सामान्य अंकले ओरालो आएको छ । 

बुधवार सार्वजनिक बिदा परेकाले बन्द रहेको नेप्से सूचक १४.५८ अंकले घटेर २ हजार ८७६.७५ बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ सूचक समेत ३.२६ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१ अंकले घटेको छ ।

आज कारोबारमा आएका २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवारको तुलनामा बिहीवार भने नेप्से कारोबार रकममा वृद्धि भएको छ  । मंगलवार साढे ६ अर्ब रुपैयाँ हाराहारीमा शेयर कारोबार भएका थियो ।

कारोबारमा आएका १३ उपसमूह मध्ये ११ उपसमूहका सूचकमा गिरावट आएको छ भने बाँकी २ वटा उपसमूह परिसूचक बढेको छ । जसमा हाइड्रोपावर र निर्जीवन बीमा उपसमूहको सूचक रहेका छन् ।

बिहीवार नेप्से परिसूचक गिरावट आएपनि विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । अन्य बुद्धभूमि हाइड्रोपावर, शाहस उर्जा , अरुण भ्याली हाइड्रोपावर र मैलुङ खोला जलविद्युत शेयर मूल्य बढेको छ । तर यता आरएमडिसि लघुवित्तको शेयरमूल्य भने सबैभन्दा धेरै ३.४९ प्रतिशतले घटेको छ । त्यस्तै पोखरा फाइनान्स , गोर्खाज फाइनान्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मूल्य घटेको छ ।

आज कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै ८२ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अपि पावरको ५२ करोड ५० लाख र शिखर इन्स्योरेन्सको २६ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।