• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

अग्रिम बुकिङमा शाहरुखको ‘डंकी’ले प्रभासको ‘सालार’लाई पछार्यो



एजेन्सी । यो क्रिसमसमा चलचित्र प्रेमीले दुई ठूला चलचित्र हेर्ने मौका पाउनेछन् । २१ र २२ डिसेम्बर, यी दुई यस्ता मितिहरू हुन् जसलाई फ्यानहरु क्रिसमस भन्दा बढी पर्खिरहेका छन् ।

एकातिर शाहरुख खानको ‘डंकी’ रिलिज हुँदैछ भने अर्कोतर्फ साउथ सुपरस्टार प्रभास फिल्म ‘सालार’ लिएर हलमा प्रवेश गर्दैछन् । दुवै चलचित्रको अग्रिम बुकिङ सुरु भइसकेको छ, जसमा उनीहरुबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

‘सालार’ फिल्मका निर्देशक ‘केजीएफ’ फेम प्रशान्त नील हुन् । यस फिल्ममा फ्यानले उनको विद्रोही अवतार एकपटक फेरि हेर्न पाउनेछन् । यो एक एक्सन प्याक प्यान इन्डिया फिल्म हो, जुन २२ डिसेम्बरमा रिलिज हुँदैछ ।

फिल्मले ओपनिङ दिनको अग्रिम बुकिङमा राम्रो कलेक्सन गरेको छ । फिल्मले सबैभन्दा धेरै कमाई तेलुगु भाषाबाट गरेको छ । रिपोर्ट अनुसार सालारले अहिलेसम्म २.३५ करोड कमाइसकेको छ ।

राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ डिसेम्बर २१ मा रिलिज हुँदैछ । भारतमा यो फिल्म हिन्दी भाषामा मात्रै रिलिज हुनेछ । एउटै भाषामा रिलिज भए पनि फिल्मले अग्रिम बुकिङमा तरङ्ग बनाएको छ ।

आइतबार साँझसम्म फिल्मको ८४ हजार ३८८ टिकट बिक्री भइसकेको छ । योसँगै फिल्मको कुल कलेक्सन २.६८ करोड पुगेको छ । यो कलेक्शन ५१६३ शोहरूको लागि बेचेको टिकटहरूमा आधारित छ ।