८ पुष २०८२, मंगलवार
,
Latest
कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला रेनुलाई राखेपको बधाई राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिकार खेल्न गएका व्यक्तिको गोली लागेर मृत्यु



अ+ अ-

दाङ । दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । 

घोराही उपनगरपालिका–१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो । 

घटनास्थल पुग्न तीन÷चार घण्टा जति पैदल हिँड्नुपर्ने तथा उक्त स्थानमा फोन सम्पर्कसमेत राम्रोसँग हुन नसक्ने हुँदा घटनाबारे थप विवरणहरु आउन बाँकी रहेको पनि प्रउ चन्दले बताउनुभयो । 

प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा एक जनालाई राति नै नियन्त्रणमा लिइसकेको बताइएको भए पनि नाम भने सार्वजनिक गरेको छैन । यसैबीच, भरुवा बन्दुकको गोली लागेर मृत्यु भएका गुरुङको शवपरीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।