८ पुष २०८२, मंगलवार
,
Latest
कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला रेनुलाई राखेपको बधाई राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा अहिले शिक्षाको अवस्था सन्तोषजनक छैनः पूर्वराष्ट्रपति



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशको अहिलेको शिक्षाको अवस्था राम्रो नभएको टिप्पणी गर्नुभएको छ ।
 
शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले देशको अहिलेको शिक्षा राम्रो नभएको र पूर्वी मधेसको शिक्षा सबैभन्दा बढी खस्कदो रहेको बताउनु भएको हो । 

पहाडी क्षेत्र र पश्चिम मधेसमा शिक्षाको अवस्था राम्रो भएपनि पूर्वी मधेसका बारा देखि सप्तरी सम्मको क्षेत्रको शिक्षाको अवस्था खस्कदो रहेको बताउनुभयो । उहाँले राष्ट्र र समाज निर्माणका लागि शिक्षा नै महत्वपूर्ण हुने बताउनुभयो । समाज रुपान्तरणको जग नै शिक्षा भएको पनि उहाँले बताउनुभयो । यस्तै शिक्षित जनशक्ति निर्माण गर्न सकेमात्रै देशको विकास हुने पनि बताउनुभयो । 

पछिल्लो समय नेपालमा धेरै परिवर्तन भएपनि शिक्षा, स्वास्थ्य र सम्पदा क्षेत्र एकदमै अस्तव्यस्त भएको उहाँले बताउनुभयो ।