• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

एउटा आँखा खराब, मृगौला पनि प्रत्यारोपण…तैपनि बने साँच्चिकै ‘बाहुबली’



एजेन्सी । ब्लकबस्टर फिल्म बाहुबली फेम राणा दग्गुबातीले आज आफ्नो ३९ औं जन्मदिन मनाउँदै छन् । ‘बाहुबली’मा राणा दग्गुबातीले ‘भल्लालदेव’को भूमिका निर्वाह गरेका थिए । तर वास्तविक जीवनमा उनी बाहुबलीभन्दा कम छैनन् । एक आँखाले देख्न नसकेपछि र मिर्गौला प्रत्यारोपण गराएपछि पनि राणा दग्गुबातीले कहिल्यै हार मानेनन् ।

आफ्नो ड्यासिङ स्टाइलले हरेक पटक फिल्ममा दर्शकलाई आफ्नो फ्यान बनाएका छन् । राणाले एक अन्तर्वार्तामा आफ्नो स्वास्थ्य समस्याबारे बताएका थिए । अभिनेताले भने कि यत्तिको बावजुद उनले हार मानेनन् ।

राणा दग्गुबाती एक आँखाले देख्न सक्दैनन्
साउथ स्टार राणा दग्गुबातीले २०१६ मा एक च्याट शोमा आफ्नो आँखाको समस्या भएको बताएका थिए । च्याट शोमा राणा दग्गुबातीले भनेका थिए–उनी देब्रे आँखाले मात्र देख्न सक्छन् । उनको दाहिने आँखा अर्कैको हो, एक व्यक्तिले आँखा दान गरेको थियो । तर अहिले देब्रे आँखा बन्द गरे केही देख्न सक्दैनन् ।

मिर्गौला प्रत्यारोपण पनि गरिएको छ
च्याट शोमा आफ्नो स्वास्थ्य समस्याको बारेमा कुरा गर्दै राणा दग्गुबातीले भनेका थिए – ‘स्वास्थ्य समस्याका कारण धेरै मानिसहरु टुटेका छन् । धेरै पटक समस्याहरू समाधान हुन्छन् तर एक अनौठो भारीपन रहन्छ ।’ राणाले आफ्नो कर्नियल प्रत्यारोपण, मिर्गौला प्रत्यारोपण गरिसकेको र आफूलाई टर्मिनेटर भएको महसुस भएको पनि बताए । तैपनि उनी हार मान्दैनन् ।

अभिनेता राणा दग्गुबातीको नयाँ फिल्म ‘राक्षस राजा’को शीर्षक र फर्स्ट लुक अभिनेताको जन्मदिनमा सार्वजनिक गरिएको छ । फिल्म ‘राक्षस राजा’को फर्स्ट लुकमा राणा निधारमा त्रिपुण्ड र मुखमा चुरोट लिएर देखिएका छन् । यद्यपि, निर्माताहरूले राक्षस राजाको बारेमा अन्य कुनै पनि जानकारी खुलाएका छैनन् । खबरको विश्वास गर्ने हो भने राणाले राक्षस राजाका अलावा बिग बजेटको फिल्म ‘हिरण्यश्यप’ पनि गर्दैछन् ।