१८ श्रावण २०८३, सोमबार
,
Latest
सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद ‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ जागरण अभियान सञ्चालन गर्दै एमाले कांग्रेस संसदीय दलको बैठक सुरु साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने, कार्यविधिमाथि सञ्चारमन्त्रीद्वारा सरोकारवालासँग छलफल सूक्ष्म, साना तथा मझौला उद्योगलाई जोगाउन पुनरुत्थान कार्यक्रम आवश्यक : पूर्वअर्थमन्त्री खनाल सुर्खेतको मालिका सामुदायिक वनमा ३९ लाख हिनामिना, ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा १० प्रतिशत निःशुल्क शय्या सेवामा मन्त्रालयको कडाइ,सबै अस्पतालका सम्पर्क व्यक्तिहरूको विवरण सार्वजनिक राष्ट्रको समृद्धि र पूर्वाधार विकास दक्ष इन्जिनियरको भूमिकामा निर्भर : मन्त्री श्रेष्ठ डिजिटल हिंसा नियन्त्रण गर्न कानूनी सुधार अपरिहार्यः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा फेरि ज्येष्ठ नागरिक र चुनाव हारेकाको आरक्षण बन्ने संकेत



फाईल फोटो
अ+ अ-

काठमाडौं । माघ ११ हुन लागेको राष्ट्रियसभाको निर्वाचनले यतिखेर राजनीतिक बृत्त तातेको छ । काठमाडौँको चिसो मौसममा पनि राष्ट्रियसभाको निर्वाचनको माहौलले विशेषगरी सत्तारुढ दललाई तताएको देखिएको छ ।

एकातिर सत्तारुढ प्रमुख दलका बृद्ध नेताहरु आफू मनोनित र निर्वाचित हुन पाउनुपर्ने अभिलाषा बोकेर पार्टी प्रमुखकोमा धाउन थालेका छन् भने अर्कातर्फ कुन दलका कति सांसद बन्ने र कोकस्ले यो अवसर पाउने भन्ने विषयमा मिडियाले पनि ती दललाई चर्चामा ल्याइदिँदा पनि चुनावी चर्चा चुलिएको छ । यही निर्वाचनको बार्गेनिङ हुनसक्छ आज प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको बैठक काठमाडौँमा बसेको छ । सायद चुनावी रसायनले होला शेखर र देउवाको बीचमा रहेका नेता गगन थापालाई पनि आज शेखरतर्फ तानेको छ ।

शेखर पक्ष काँग्रेसभित्रको अलग्गै काँग्रेस भए पनि उनीहरु यसरी भेला गरेका थिएनन् तर आज अकस्मात बसेको सो बैठकलाई देउवा काँग्रेसले चुनावकै बार्गेनिङका रुपमा लिएको छ । हुनत उनीहरुले यो भनेका छैनन् तर पनि देउवा पक्षका गोपालमान श्रेष्ठ र कृष्ण सिटौलाको नाम राष्ट्रियसभाको सदस्यमा आएपछि शेखरले पनि यता यो बैठक बोलाएका हुनसक्छन् ।

माओवादी र यता नेकपा एकिकृत समाजबादीमा पनि अवस्था त्यस्तै छ । जस्तो कि प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार रहेका हरिबोल गजुरेलले दुई दिनअघि अकस्मात पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रियसभाको सदस्यको टिकट पाउनेमा पार्टी नै विस्वस्त त छैन तर पनि उनले पनि पो पदका लागि बार्गेनिङ गर्ने ठाउँ भने पाएका छन् । उकुसमुकुस भएपछि भित्रबाट कसरी निस्कने भनेर भद्रो हेरिरहेका उनले राजीनामा दिएर निस्कने एक उचित समय भने भेट्टाएका छन् ।

हिजो पनि राष्ट्रियसभा सभा बृद्ध नेताहरुलाई र चुनाव हारेका नेतालाई थन्काउने थलो भएकै हो । जस्तो कि चुनाव हारेपछि बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र यस्तै यस्तै प्रवृत्तिलाई हिजो यो सभामा पार्टीले ल्याएको थियो । अहिले पनि कृष्ण सिटौला र यस्तै यस्तै मार्का चुनाव हारेका र गोपालमान जस्ता प्रवृत्ति ज्येष्ठ नागरिकहरुबाट ल्याएर यहाँ थन्काउन खोजिएको सक्छ ।

उनीहरु यसका लागि मरिहत्ते गरेर लाग्नुले पार्टीमा रहेका युवा तथा हिजो चुनावमा टिकट नपाएका र चुनावमा भिड्ने अवसर नपाएका व्यक्तिहरु अहिले पनि पाखा लाग्ने पक्का छ । उता हरेक पार्टीका क्रियाशील र युवा नेता तथा कार्यकर्ताहरु भने चुनाव हारेका र हिजोका दिनमा पटक पटक अवसर पाएर, मन्त्री भएर अहिले बृद्धाअवस्थामा थन्किएर बसेकालाई फेरि राष्ट्रियसभामा ल्याइनु हुदैन भन्ने आवाज बडो टड्कारो रुपमा उठेको छ ।

यो पनि पढ्नुहोस- कस्तालाई निर्वाचित गर्ने राष्ट्रियसभामा ?

उनीहरु राष्ट्रियसभा देशका विभिन्न क्षेत्रका विद्वान तथा विज्ञ र सामाजिक जीवनका ख्यातिप्राप्त र सफलतम व्यक्तित्वहरुको संगमस्थल र विद्धतसभा बनाउनुपर्नेमा आरक्षण सभा बनाउन लागेको भन्दै चिन्ता पनि व्यक्त गर्दछन् । तर पनि राजनीति दलका नेताहरु भने सांसदजस्तो पदमा पनि पार्टीकै नेतालाई नगरेर किन अरु व्यक्तिलाई अवसर दिने अर्थात् सांसद बनाउने भन्ने पुरातनपन्थी सोचका कारण यस्तै पार्टी बृद्ध नेता र चुनाव हारेका नेतालाई जागिर खुवाउने थलोका रुपमा विकास गर्नमै रमाउने गरको छन् । हेरौँ, ठूला भनिएका पार्टीबाट अहिले पनि यस्तै काम हुनेजस्तो देखिँदैछ ।