११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’: निशानामा सरकार

एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’: निशानामा सरकार
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट महाकाली—मेची यात्रा शुरु गर्‍यो । मध्यपहाडी पुष्पलाल यात्रालाई जनतासँग जोडिने अभिायनका रुपमा अघि बढाएको एमालेको लगभग आधा मध्यपहाडी यात्रा सकिएको छ ।

आजसम्म एमालेले बैतडीदेखि सिन्धुपाल्चोकसम्मको यात्रा सकिसकेको छ । सो क्रममा एमाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झुलाघाटदेखि नै अभियानमा जोडिरहेका छन् । यसबाट एमालेको युवापंक्तिलाई थप शाहस त प्रदान गरेको छ नै साथमा हरेक राजनीतिक दलमा संवद्ध व्यक्तिका साथै आम नागरिहरुमा थप उर्जा थपिएको छ । किनपनि भने ७२ वर्षको उमेरमा त्यो माथि जाडो याममा मध्यपहाडी लोकमार्गको यात्रा त्यत्तिकै कठिन हुन्छ । तर ओलीको आँटले भने युवापंक्तिमा थप उर्जा र जोश थपिएको भने पक्कै छ ।

जनतासँग नजिकिने अवसरका रुपमा हेरिएको एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्राले पार्टीलाई थप बलियो त बनाउँछ नै साथै देशमा रहेका दूरदराजका समस्याको पहिचान गरी सम्बोधन गर्न पनि महत्वपूर्ण अवसर हुने निश्चित छ । यस क्रममा एमालेले मध्यपहाडी लोकमार्गमा पर्ने जिल्लाका स्थानीयहरुसँग छलफल र अन्तरक्रिया पनि गरेको छ । तर यात्राका क्रममा पार्टीले गरेका सार्वजनिक आमसभाहरुमा अध्यक्ष ओलीका भाषण सरकारलाई निशानामा राखेर गरिएको पाइन्छ । ओलीले यात्राका क्रममा सरकारबिरुद्ध निशाना साँधेको कुरा झुलाघाटदेखि सिन्धुपाल्चोकसम्म गरेका भाषणहरुले स्पष्ट हुन्छ । एमालेको यात्राका क्रममा सार्वजनिक कार्यक्रमलाई हेर्दा भने जनतासँगका गुनासा र समस्या समाधानको खोजितर्फ खासै केन्द्रित भएको देखिँदैन ।

पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई ‘मुलुकको समृद्धिका लागि संकल्प यात्रा’ भनिएपनि अध्यक्ष ओलीले त्यसलाई सरकारको बिरोधमा आम जनतालाई गोलबन्ध गर्ने अभियानको रुपमा प्रयोग गर्ने प्रयास गरेको पाइन्छ । त्यसो त ओलीले सो अभियान शुरु गर्नुअघि नै अब सरकारबिरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको भन्दै पार्टीका नेता, कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका थिए । अभियानको क्रममा उनका अभिव्यक्ति सरकारको बिरोधमा केन्द्रित छन् तर अझै आधा भूभागको यात्रा बाँकी रहेकाले त्यस समयावधिमा के हुन्छन् भन्ने हेर्न बाँकी नै छ ।

कोशी प्रदेशमा पहिचानवादीहरुले एमालेको सो अभियानलाई प्रवेश नै गर्न नदिने भनेको कुरालाई लिएर प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पहिचानवादीलाई संरक्षण गरेको र सञ्चालन गरिरहेको भन्दै प्रधानमन्त्रीको आलोचना गरिरहेकाले पनि सहजै अनुमान लगाउन सकिन्छ की आगामी जिल्लामा ओलीका भाषणहरु सरकारप्रति आलोचना गर्ने भन्दा फरक हुने छैनन् । जनतासँगको सम्बन्धलाई बलियो बनाउँदै सरकारको विकल्प खोजी गर्ने सन्देश ओलीले अभियानका क्रममा दिनेगरी आफ्नो अभिव्यक्ति दिएका छन् ।

सो अभियानको शुभारम्भ गर्दादेखि नै मुलुकको समृद्धिका लागि आफूहरु मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा जुटेको बताए पनि उनका अभिव्यक्ति सरकारविरुद्ध बढी लक्षित छ ।

ओलीले अभियानका क्रममा स्थानीयसँग अन्तरक्रिया पनि गरेका छन् । विभिन्न राजनीतिक दलका नेताहरुले पनि उनीसँग स्थानीय समस्या र त्यसका समाधानका लागि पहल गरिदिन आग्रह नगरेका पनि होइनन् । तर उनले आफ्नो अभिव्यक्तिमार्फत देशको समस्या सत्तारुढ गठबन्धनले समाधान गर्न नसक्ने सन्देश आम जनतालाई दिने प्रयास गरेका छन् । दैलेखमा पुगेर ओलीले वर्तमान सरकार रहेसम्म मुलुकमा विकास, निर्माणको कामले गति लिन नसक्ने दाबी गरेका थिए । अभियानका क्रममा ओलीका अभिव्यक्ति वर्तमान गठबन्धन सरकारको विकल्प खोज्ने कुरामा बढी केन्द्रित देखिन्छ ।

ओलीले राष्ट्रिय स्वाधिनता र स्वाभिमान इतिहासमै सबैभन्दा कमजोर बनाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्नेसम्मको अभिव्यक्ति दिएका छन् । वागलुङमा आयोजित सभामा उहाँले वर्तमान सरकारले राष्ट्रिय हितको संरक्षण गर्नै नसक्ने जिकिर गरेका थिए ।

सो क्रममा ओलीले भनेका थिए ‘यो सरकारले स्वाधीनता कमजोर पार्छ । राष्ट्रिय हितको रक्षा गर्न सक्दैन । विकासको काम एमालेको पालामा भएका थिए, अहिले ठप्प छ । तैपनि यो सरकार बसिरहेको छ । सरकार गरैजिम्मेवार भएर इमान नभएर बसेको छ । नत्र राजीनामा दिएर हिँड्नुपर्ने हो । यो सरकारमा बसिरहन लाज नलागेर कसरी बसेको छ ? अचम्म लागेको छ । देशको राजनीतिमा अस्थिरता र अराजकता बढेको छ ।’

ओलीले वर्तमान सरकारले छिमेकसँगको सम्बन्ध पनि बिगारेको आरोप लगाएका छन् । भारतको इसारामा वर्तमान सत्तारुढ गठबन्धन चलेको उसले चीनको सहयोग लिन डराएको ओलीको आरोप थियो । ओली उत्तरी छिमेकी मुलुक चीनको साथ लिएर फेरि सरकारमा आउन चाहन्छन् भन्ने सन्देश सो अभिव्यक्तिले दिन्छ ।

उनले भनेका छन्: ‘अबका पोल्टिकल पार्टीहरूले पोल्टिक्स मात्रै गरेर हुँदैन । विकासका नेता हुनुपर्दछ । उनीहरूले विकासको बारेमा जानकारी राख्नुपर्छ । कसरी विकास हुनसक्दछ, के हुनसक्छ यस्ता कुरालाई लिएर हामीले सोच्नुपर्छ । अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ । चीनसँग डराएको होइन, अरु कोकोसँग कहाँकहाँ डराउँछ ।’

ओलीले पार्टीका नेताहरुलाई साथमा लिएर अभियानको क्रममा दिएको अभिव्यक्ति सरकारबिरुद्ध जनमत सृजना गर्ने र त्यसका परिचालन गरेर वर्तमान सरकार हटाउने कुरामा केन्द्रित देखिन्छ ।

उनले जनतामाझ अपिल गर्दै भनेको छन्: ‘वर्तमान सरकार रहेसम्म संकटमा रहेको मुलुकको अर्थतन्त्रमा सुधार आउँदैन, विकास, निर्माणको कामले गति लिन सक्दैन ।’

ओलीले वर्तमान सरकारले देशलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको आरोप लगाउँदै त्यसबाट मुक्त हुन पनि एमाले नेतृत्वको सरकारको विकल्प नभएको बताएका छन् ।

‘देश अहिले इतिहासमै कमजोर अवस्थामा पुगेको छ । देशलाई भ्रष्टाचार, घुषखोरी, कमिसनतन्त्रको जालोले छोपेको छ ।’ उनले अगाडि भने, ‘देशको सामाजिक अवस्था निकै डरलाग्दो भएर अघि बढ्दैछ तर सरकार कानमा तेल हालेर बसेको छ । यो अवस्था गठबन्धन सरकारले ल्याएको हो ।’

हुनत: अध्यक्ष ओलीको देशदौडाहालाई चीनका नेता माओको ‘लङ मार्च’ सँग तुलना गर्नेहरु पनि नभएका होइनन् । खासमा ओली भने पार्टीको सो १९ दिने समृद्धिका लागि संकल्प यात्रालाई सरकारको विकल्प खोज्ने अस्त्रको रुपमा प्रयोग गर्न चाहन्छन् । ओलीले अभियानका क्रममा सरकार बिरुद्ध जनमत सृजना गर्नका लागि वर्तमान सरकार आफैँ ढल्ने अवस्था पुगेको समेत बताएका छन् ।

अवश्य पनि ओलीले आफूले सरकारको नेतृत्व पाएको बेला ‘समृद्ध नेपाल: सु:खी नेपाली’ को परिकल्पना अघि सारेका हुन् । उनले भारतसँगको नाकाबन्दीको सामना गरेर, लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्शामा समेटेर आफूलाई राष्ट्रवादी नेताको पहिचान बनाउने प्रयास पनि गरेकै हुन् । तर वर्तमान अवस्थामा ओलीका यी प्रयासले मात्रै उनलाई सत्ताको बाघडोर सुम्पने अवस्था छैन । सत्तारुढ गठबन्धनसँग स्पष्ट बहुमत छ । तर पनि जनता गठबन्धन सरकारसँग असन्तुष्ट नै छन् । अर्थात सरकारले नागरिकलाई गरेको प्रतिवद्धताअनुसारका कामहरु व्यवहारत: देखाउन सकेको छैन । पार्टीको पक्षमा जनमत पारेर सत्तारोहण गर्ने ओलीको प्रयासलाई सत्तारुढ गठबन्धन दल भित्रैबाट साथ दिएमात्रै पूरा हुने देखिन्छ । मुलुक अस्थिरतामा फसेको नेपाली राजनीतिलाई माथि उकास्ने अवसरको खोजिमा छ । यस्तो बेलामा ओलीको फेरि सत्तारोहण गर्ने अभिलाषा पूरा होला वा नहोला । त्यो भने हेर्न बाँकि नै छ । एमालेको मध्यपहाडी यात्रा चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ ।

सन्तोष खड्का/न्युज एजेन्सी नेपाल