२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

संसदको अबका बैठक प्रभावकारी रुपमा संञ्चालन होला ? (भिडियोसहित)

संसदको अबका बैठक प्रभावकारी रुपमा संञ्चालन होला ? (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको पुनस्थापना भइ अधिवेशन बोलाइए पनि सरकारले विजनेश नदिदा औपचारिकतामा सिमित बनेको छ । अर्को तर्फ राष्ट्रिय सभाको बैठक भने बोलाइएको छैन । त्यसैले प्रतिनिधि सभा विजनेश विहिन भएर अन्त्य हुने आशंका बढेको छ ।
 
संघीय संसद दुई सदनात्मक भएकाले दुवै सदनले आफ्ना कामहरु परिपुरक भएर सम्पादन गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधि सभा पुनस्थापना भएपछि अधिवेशन बोलाइएपनि विजनेश नपाउँदा अहिले सम्म बसेका बैठक औपचारिकतामा सिमित बन्न पुगेका छन् । संसदलाई प्रभावकारी बनाउन अहिले राष्ट्रिय सभाको बैठक पनि बोलाउनुपर्ने माग उठिरहेको छ । सरकारले विजनेश छैन भनिरहँदा प्रतिनिधि सभाको बैठकमा सम्पूर्ण प्रक्रिया सकिएका ४ विधेयक राष्ट्रिय सभाको लागि विजनेश हुने देखिन्छ ।

प्रतिनिधि सभामा ३६ वटा विचाराधिन अवस्थामा रहेका विधेयकहरु मध्ये ४ वटा विधेयक प्रतिनिधि सभामा पेश भएर रहेको अवस्थामा अगाडी बढाउन सकिने संघीय संसदका सह–प्रवक्ता दशरथ धमलाले बताउनुभयो । सभामा पेश गर्न तयारी अवस्थाका विधेयकहरुलाई पनि अगाडी बढाउन सकिने प्रवक्ता धमलाले बताउनुभयो ।

यता प्रतिनिधि सभाको पहिलो बैठकमा पेश गर्नुपर्ने अध्यादेशहरु अहिलेसम्म(एकवटा बाहेक) पेश भएका छैनन् । संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न जारी गरिएको अध्यादेश मात्र सभामा पेश भएको छ । कांग्रेस लगायतका दलले विरोध गरेको अध्यादेश संसद बैठकमा टेबल भइसकेको र बाँकी अध्यादेशमा बिरोध नै नरहेको अवस्थामा पनि अध्यादेश प्रतिनिधि सभा बैठकमा पेश भएका छैनन् ।

संसदको पहिलो बैठकमा पेश गर्नुपर्ने विधेयक अहिलेसम्म पेश नहुनु र अर्को अधिवेशन बोलाउन चालु प्रतिनिधि सभाको अधिवेशन अन्त्य भए अध्यादेश निस्क्रिय हुने देखिन्छ । पेश नभएका अध्यादेश कस्तो अवस्थामा रहन्छ भन्ने बारे नियमावालीमा स्पष्ट व्यवस्था नभएको सह–प्रवक्ता धमलाले बताउनुभयो ।

सत्तारुढ दल भित्रको अन्तरकलह र विपक्षी दलको निस्क्रियताले संघीय संसदको दुवै सदन निस्काम बनेका छन् । प्रतिनिधि सभाले विजनेश नपाएर अन्त्य हुने अवस्थामा पुगेको छ भने सरकारले विभिन्न प्रयोजनको लागि जारी गरेको अध्यादेश पनि संसद बैठकमा पेश नभई निस्क्रिय बन्ने देखिन्छ ।