११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

पश्चिम बागलुङवासीलाई उत्तरगङ्गा आयोजनाको आश

पश्चिम बागलुङवासीलाई उत्तरगङ्गा आयोजनाको आश
अ अ+ अ-

बलेवा । मङ्सिर २१ गते, दिनको १ बज्नै लागेको थियो । नेकपा(एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेश हुँदै गण्डकी प्रदेश प्रवेश गर्दै हुनुहुन्थ्यो । ओली दुई प्रदेशको सिमाना बागलुङको निसीखोला गाउँपालिका पातीहाल्नेमा स्वागत गर्न बसेकाको मनमा भने हिजोका दु:ख, आजको अवस्था र भोलीको चिन्ताले पिरोलेको देखिन्थ्यो ।

पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रामा हिँड्नुभएका ओलीलाई निसीखोलावासीले खुलेर स्वागत गरेका थिए भने गाउँपालिकाको विकास निर्माणका विषयमा ध्यानाकर्षण गराए । उनीहरुको पहिलो प्रश्नसहितको माग थियो “उत्तरगङ्गा जलाशययुक्त आयोजना रोकिनुका कारण के हो ? छिटो बन्नुपर्‍यो, यो हाम्रो समृद्धिको आधार हो ।”

लोकमार्ग निर्माण हुनुपूर्व निसीखोलावासी तीन दिन पैदल हिँडेर सदरमुकाम बागलुङ बजार आउनुपथ्र्यो । सडक सञ्जाल नहुँदा जिल्लाकै दुर्गम निसी–भलकोटबाट प्रशासनिकदेखि धेरै कामका लागि तीन दिनको पैदल यात्रा गरेर बागलुङ बजार आउने सर्वसाधारणको दैनिकी लोकमार्ग बनेपछि फेरिएको हो । “मध्यपहाडी नआएको भए सडक देख्न नौलो हुन्थ्यो”, नीसिखोला–४ झिवाखोलाका मिलन हमालले भन्नुभयो, “हाम्रा लागि लोकमार्ग लाइफलाइन हो ।”

लोकमार्ग बनेपछि भने पश्चिम बागलुङका निसी–भलकोट क्षेत्र सुगम बन्दै गएको छ । कालोपत्र सडक लोकमार्गलाई आधार बनाएर सयौँ पहुँचमार्ग तयार भएका छन् । निसीखोला गाउँपालिकाको मुख्य सडकखण्ड नै मध्यपहाडी लोकमार्ग हो । जिल्ला सदरमुकाम र पूर्वी रुकुमसँग सिधा सडक सञ्जालमा जोडिएपछि दुर्गमको परिचय नै बद्लिएको छ ।

“लोकमार्गले हामीलाई सुगम बनायो । अब हाम्रो समृद्धिको अर्को आयाम उत्तरगङ्गा हो”, स्थानीय जुनविक्रम शाहीले भन्नुभयो, “यहाँका धेरै विकासका बाटा ठूला आयोजनाले खुल्छन् ।” पूर्ववडाध्यक्षसमेत रहनुभएका शाहीले कालोपत्र सडकका कारण निसीका जनतालाई जिल्ला, प्रदेश र सङ्घीय राजधानीसँग जोड्ने माध्यम बनेको बताउनुभयो । उहाँले पहिले प्रशासनिक र पुस्तक खरिद गर्न सदरमुकाम जानुपर्ने बाध्यता लोकमार्गले सहज भएको बताउनुभयो ।

बागलुङको पश्चिम भेगका लागि अहिले प्रशासनिक (नागरिकता, पासपोर्ट) र मालपोतको लागि ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारबाटै सेवा प्रवाह हुँदै आएको छ । बैंक, नागरिकता र मालपोतको कामका लागि निसीबाट पैदल एक दिनमा पुगिने बुर्तिबाङ अहिले लोकमार्गका कारण यातायातमा १५ मिनेटमा पुग्न सकिने स्थानीय बताउँछन् ।

सडक सञ्जालकै कारण निसीमा बजारीकरण विस्तार हुँदै गएको छ । सडक बनेपछि निसीमा सञ्चार सेवा पनि विस्तार भएको छ । लोकमार्गले गाउँलाई सुगम बनाउँदा बजारीकरण बढ्दै गएको शाहीले बताउनुभयो । “लोकमार्गको छेउमा बजार बनेका छन्”, उहाँले भन्नुभयो, “पहिले पाखो रहेका स्थानमा अहिले बजार विस्तार भएपछि खाद्यान्न, लत्ताकपडा खरिदका लागि बुर्तिबाङ र बागलुङ बजार जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।”

बागलुङमा लोकमार्गको एक सय ४१ किलोमिटर खण्ड पर्छ । त्यसमध्ये काठेखोला गाउँपालिकाको अक्षेतेदेखि घोडाबाँधे खण्डको १४ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । लोकमार्गले बागलुङका १० स्थानीय तहमध्ये बागलुङ, गलकोट र ढारेपाटन नगरपालिकाका साथै काठेखोला, बडिगाड र निसीखोला गाउँपालिकालाई जोडेको छ । लोकमार्ग सदरमुकामदेखि निसीको पातिहाल्ने (रुकुमको सिमाना)सम्म जोडिएको छ । बुर्तिवाङ बजारलाई सरकारले मध्यपहाडी लोकमार्ग पर्ने १० वटा नमुना सहरका रुपमा विकास गर्न थालेको छ । नमुना सहरका रुपमा बुर्तिबाङ बजारमा ढल, सडक, बसपार्कको काम भइरहेको छ ।

जिल्लाका अन्य स्थानीय तह पनि लोकमार्ग पहुँचबाट धेरै टाढा छैनन् । लोकमार्गले नछोएको स्थानीय तहमा कालीगण्डकी करिडोर विस्तार भएको छ । ताराखोला, तमानखोला र बरेङ गाउँपालिकाले नजिकको स्थानबाट लोकमार्गसम्म पहुँच मार्ग विस्तार गरेका छन् ।

बागलुङ बजारको उपल्लचौरदेखि सुरु भएको लोकमार्गले निसीको पातिहाल्नेसम्म पुग्दा काठेखोलाको अक्षते, बिहुँ रिजालचोक, घाँडाबाँधे, गलकोटको हटिया, बडिगाडको खर्वाङ, खौरा, खारा, न्वारा, भीमगिठे, हाँडिखोला, रिघाफेदी, ढोरपाटन नगरपालिकाको बुर्तिवाङ, निसीखोला गाउँपालिकाको देविस्थान, ढुँवाखोर, झिँवाखोला, जुग्जाखोला, कानाबगर, बडावनखोला, निसी, भल्कोट क्षेत्रमा बजारीकरण विस्तार भएको छ ।

पूर्वको चिवाभञ्ज्याङदेखि पश्चिमको बैतडी झुलाघाटसम्म जोड्ने लोकमार्गको सबैभन्दा धेरै खण्ड बागलुङमा पर्छ । २४ जिल्ला र दुई सय २५ बस्ती जोड्ने लोकमार्गको एक हजार सात सय ८६ किलोमिटरमध्ये सबैभन्दा बढी एक सय ४१ किलोमिटर खण्ड बागलुङमा पर्छ । ट्र्याक खोलिएको २४ वर्ष पूरा भइसक्दा लोकमार्गको एक सय २८ किलोमिटर कालोपत्र भएको छ भने १४ किमी सडक अझै कालोपत्र हुन सकेको छैन ।

पश्चिम बागलुङको भुगोलले दुर्गम भन्ने परिचय बदलेको लोकमार्ग जस्तै नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने भनिएको आठ सय २६ मेगावाट क्षमताको उत्तरगङ्गा जलाशययुक्त आयोजनाको आशामा पश्चिमवासी छन् ।

“उत्तरगङ्गा तयार हुँदा जिल्लाकै विकासको अवस्था माथि पुग्छ । रोजगारी, अवसर, उत्पादन धेरै विषयमा यसको प्रभाव रहन्छ”, गण्डकी प्रदेशसभाका निर्वतमान सदस्य इन्द्रलाल सापकोटाले भन्नुभयो, “उत्तरगङ्गामा देखिएको प्राविधिक समस्या सरकारले सुल्झाउनुपर्छ । सके पूर्ण नभए क्षमता घटाएर भए पनि आयोजना सञ्चालन हुनुपर्छ ।” ढोरपाटन सिकार आरक्ष क्षेत्रमा जलाशय तयार गरेर निसीखोलामा पानी निकाल्दा कालीगण्डकी जलविद्युत् आयोजनालाई समेत सहयोग पुग्ने उहाँले बताउनुभयो । रासस