• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

जाजरकोट भूकम्प: मृतकका आफन्तलाई बीमाबापतको रकम दिन सुरु



जाजरकोट भूकम्प (फाईल फोटो)

जाजरकोट । कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ ।

नलगाड नगरपालिकाका ५६ मृतकमध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसारप्रति मृतक रु दुई लाखका दरले रकम वितरण गरिएको हो ।

क्रमश: सबै पालिकामा गएर अबको तीनरचार दिनमा बिमाबापतको रकम वितरण गरिसक्ने जिसीले बताउनुभयो । प्रदेश सरकारले कर्णालीमा बसोबास गर्ने नागरिकका लागि यसअघि नै प्राकृतिक दुर्घटना बीमा गर्ने कार्यक्रम अघि सारेको थियो । सोही कार्यक्रमअन्तर्गत बीमा रकम वितरण गरिएको हो ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ५० भन्दा बढीको मृत्यु भएको थियो । “हामीले एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृतकका परिवारलाई रू आठ लाख रकम दिने गरेका छौँ”, जिसीले भनुभयो”, “चाँडो रकम वितरण गरेर मृतक परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यसहित हामीले रकम वितरण सुरु गरेका हौँ ।”

वितरण कार्यमा मन्त्री जिसीसहित बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारी पनि सहभागी हुनुहुन्छ । प्रदेश सरकारले सार्वजनिक संरचना निर्माण तत्काल सुरु गर्ने निर्णय गरेको छ । भूकम्पबाट प्रभावित खानेपानी, बाटो, विद्यालय, स्वास्थ्य चौकी, सिँचाइका योजनामा क्षति पुगेको थियो । ती योजना प्रदेश सरकारले विनियोजन गरेको रू एक अर्बबाट मर्मत सम्भार गरिने जनाइएको छ । रासस