२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तरलाई माथि उकास्नुपर्छ:  प्रधानमन्त्री ओली

गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तरलाई माथि उकास्नुपर्छ:  प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तरलाई माथि उकास्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत छनौटमा परेका विद्यालयहरुको विवरण प्रस्तुत गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तरमा ध्यान पुर्‍याउनुपर्ने बताउनुभएको हो ।

विद्यार्थीको ध्यानाकर्षण हुने, विद्यार्थीले बुझ्ने खालको शिक्षण विधि र शिक्षकको सम्प्रेषण कला हुनुपर्ने उहाँले बताउनुभयो । भौतिक संरचनाको विकासले मात्रै शैक्षिक गुणस्तर कायम नहुने भन्दै प्रधानमन्त्री ओलीले शिक्षकको गुणस्तर र शिक्षण विधिमा ध्यान दिनुपर्नेमा जोड दिनुुभयो । उहाँले भन्नुभयो ‘राम्रो शिक्षा शिक्षकले प्रदान गर्न सकिरहेको छ कि छैन । शिक्षण विधिमा, सम्प्रेषण कला कस्तो छ शिक्षकमा ? विद्यार्थीको ध्यानाकर्षण गर्ने खालको, विद्यार्थीले बुझ्ने खालको, विद्यार्थी आकर्षित हुने खालको, विद्यार्थीको रुची जाग्ने खालको सम्प्रेषण कला, शिक्षण विधि, शिक्षण पद्धती त्यसमा ध्यान दिइरहेका छौँ । मलाई लाग्छ अझ धेरै ध्यान दिनु आवश्यक छ । त्यसको लागि हामीले पहिलो कुरा त शिक्षककै गुणस्तर माथि नउठाइकन विद्यार्थीको गुणस्तर माथि उठाउन सक्दैनौँ । शिक्षककै गुणस्तर माथि उठाउनुपर्छ । मुख्यकुरा शैक्षिक वातावरण विद्यालयहरुमा अनिवार्य रुपमा उपयुक्त खालको शैक्षिक वातावरण हुनुपर्दछ । उपयुक्त खालको शिक्षक क्वालिटी हुनुपर्दछ । शिक्षकको क्वालिटी समय समयमा टेष्ट गरिनुपर्छ । शिक्षक आफ्नो विद्यार्थीको लागि उत्तरदायी हुनुपर्छ ।’

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत देशभरका ४ हजार २ सय ५० वटा विद्यालयहरुलाई कक्षाकोठा, शौचालय, शैक्षिक सामाग्री, सूचना प्रविधि, ल्याव तथा पुस्तकालय, नविन प्रविधि, विशेष विद्यालय र भौतिक पुर्वाधार तथा शैक्षिक विकास शिर्षकमा बजेट विनियोजन गरिएको पनि बताउनुभयो । विद्यालयको छनौट प्रक्रिया उपयुक्त विधिका साथ भएको र आगामी वर्षहरुमा पनि विद्यालयहरुमा यस प्रकारका कार्यक्रमहरु नीति, कार्यक्रम र बजेट मार्फत पार्दै जाने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘चार हजार २ सय ५० विद्यालयहरुमा थप सुधारका लागि स्तरोन्नतिका लागि कार्यक्रम सञ्चालन गर्दैछौँ । ५ अर्ब ६ करोड छुट्याएका छौँ । त्यसको छनौट प्रक्रिया उपयुक्त विधिका साथ गर्ने प्रयास भएको छ । विलकुल नयाँ अभ्यास हामीले शुरु गरेका छौँ र यसरी एकैचोटी यति धेरै विद्यालयहरुमा पहिले कहिल्यै पनि यस प्रकारको अभ्यास गरिएको थिएन । यो नयाँ अभ्यास गरिएको छ । यस अभ्यासलाई हामी जारी राख्छौँ । यो हाम्रो नियमित वार्षिक नीति, कार्यक्रम र बजेट भित्रको कुरा हो र यसलाई यसै ढङ्गले कार्यान्वयन गर्दै लगिनेछ ।’

प्रधानमन्त्री ओलीले सरकारले विद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार लगायतका शैक्षिक सामाग्री र उपकरणहरु विद्यालयहरुमा पु¥याउन लागेको बताउनुभयो । स्वास्थ्य सम्बन्धी प्रवन्ध सहितको विद्यालय हुनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।